नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
काठमाडौं, १२ चैत
नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो ।
यही २५ चैतदेखि १८ बैशाखसम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ ।
टाइफाइड तथा म्यादे ज्वरो ज्यानै जाने जोखिममा पार्न सक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ्य व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्छ । यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै जोखिम हुने गरेको छ ।
अबदेखि जन्मेको १५ महिनापछि दादुरा रुबेलासँगै टाइफाइडविरुद्धको खोप पनि लगाइने छ। सरकारले राष्टि«य खोप तालिकाअनुसार नियमित खोप कार्यक्रममा राखेको छ ।
टाइफाइड जस्ता पानीजन्य रोगबाट बच्न पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पिउने, खाना खानुअघि र दिसापिसाब गरेपछि, खाना बनाउनु वा छुनुअघि, बालबालिकालाई खाना खुवाउनुअघि साबुनपानीले मिचिमिच हात धुनुपर्ने चिकित्सकहरूको सुझाव छ ।
यस्ता व्यक्तिले खोप लगाउनु हुँदैन
यो खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेका वा कुनै खाना वा अन्य बस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा लिनु हुँदैन् । साथै हालै मात्र उच्च ज्वरो आएको वा सिकिस्त भएको अवस्थामा पनि खोप लगाउन नहुने चिकित्सकको भनाइ छ । तर, बिरामी ठिक भइसकेपछि भने खोप लिन सकिनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |