Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

कांग्रेस र एमालेले दुई थरी चुनावी घोषणापत्र बनाउने

नीलकण्ठ एफ.एम १२४० पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ११, शुक्रबार (४ साल अघि)
कांग्रेस र एमालेले दुई थरी चुनावी घोषणापत्र बनाउने

काठमाडौं, ११ चैत 
सत्तासीन नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले केन्द्रीय र स्थानीय दुबै तहबाट चुनावी घोषणापत्र जारी गर्ने भएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रबाट चुनावी घोषणापत्र र स्थानीय तहले प्रतिवद्धतापत्र लिएर निर्वाचनमा होमिने निर्णय गरे लगत्तै कांग्रेसले पनि दुई थरी चुनावी घोषणापत्र जारी गर्न लागेको हो ।

एमाले केन्द्रीय कमिटी बैठकले ‘पार्टीको केन्द्रीय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरू, आगामीमा कार्यदिशा तथा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को आकांक्षा पूरा गर्न राष्ट्रिय स्तरमा भएका काम र स्थानीय विकास तथा समृद्धिसम्बन्धी हाम्रो परिकल्पना, कार्यक्रम र मार्गचित्र समेटेर घोषणापत्र सार्वजनिक गर्ने’ निर्णय गरेको थियो ।

पार्टी केन्द्रीय कार्यालयबाट चुनावी घोषणा पत्र बनाउने जनाए पनि स्थानीय तहले अलग्गै प्रतिवद्धतापत्र बनाउनु पर्ने निर्णय पनि उक्त बैठकले गरिसकेको छ । ‘केन्द्रीय नीतिको मार्गदर्शन र केन्द्रले तयार गरेको ढाँचामाथि आधारित रहेर स्थानीय तहमा हाम्रा उपलब्धी, हामी पराजित भएका ठाउँमा बिगतमा हामीले गरेको प्रतिबद्धता र विपक्षीले विजय हासिल गरेको कारण त्यसमा आएको अवरोधसमेतलाई समेटेर आगामी लक्ष्य र कार्ययोजनासहितका प्रतिबद्धता पत्र तयार गर्ने’  निर्णयमा उल्लेख छ ।

केन्द्रीय घोषणापत्र निमार्णका लागि एमालेले उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, प्रभु साह, देवेन्द्र दाहाल, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा, सुशील ज्ञवाली, मनोजजंग थापालगायतको घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको छ ।

यसैगरी, कांग्रेसले चुनावी घोषणापत्र निमार्णका लागि महामन्त्री गगन थापालाई संयोजक तोकिसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिको ३ फागुनको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई ‘स्थानीय तह निर्वाचन-२०७९ घोषणापत्र तयारी समिति’को संयोजक तोकेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी प्रवक्ता प्रकाशरण महतले केन्द्रमा तयारी समितिले घोषणापत्रका लागि काम गर्न सुरु गरे पनि स्थानीय तहलाई पनि आफ्नै अलग्गै घोषणापत्र बनाउन निर्देशन दिएको बताए । ‘स्थानीय तहले पनि केन्द्रको नीति र कार्यक्रमसँग नबाझिने गरी आवाश्यता अनुसार अलग्गै चुनावी घोषणापत्र बनाउन निर्देशन दिइसकेका छौं,’ प्रवक्ता महतले सञ्चारकर्मीलाई बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0