बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,१० चैत।
स्थानीय निर्वाचनका लागि धादिङमा २१ दल दर्ता भएका छन् ।आगामी २०७९ बैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय धादिङमा २१ दल दर्ता भएको जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले बताउनुभयो। निर्वाचन कार्यालय धादिङका अनुसार ६ ठूला दलबाहेक २१ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।
जिल्लामा सक्रिय रहेका २१ राजनीतिक दलले आयोगले तोकेको समयमा आफ्नै निर्वाचन चिन्हका लागि विवरण बुझाएर दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले अन्य २१ दलले चिन्हका लागि जिल्लामा विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको उहाँले बताउनुभयो ।
धादिङमा दर्ता भएका दलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल मजदुर किसान पार्टी, नेपाली जनता दल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, जनजागरण पार्टी नेपाल, उन्नत लोकतन्त्र पार्टी, जनसमाजवादी पार्टी, नेपाल, नेपाली कांग्रेस (वी.पी.), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, सामाजिक एकता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मौलिक जरोकिलो पार्टी, नेशनलिष्ट पिपल्स पार्टी, नेपाल परिवार दल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, विवेकशिल साझा पार्टी रहेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |