धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
धादिङ,१० चैत।
स्थानीय निर्वाचनका लागि धादिङमा २१ दल दर्ता भएका छन् ।आगामी २०७९ बैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय धादिङमा २१ दल दर्ता भएको जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले बताउनुभयो। निर्वाचन कार्यालय धादिङका अनुसार ६ ठूला दलबाहेक २१ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।
जिल्लामा सक्रिय रहेका २१ राजनीतिक दलले आयोगले तोकेको समयमा आफ्नै निर्वाचन चिन्हका लागि विवरण बुझाएर दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले अन्य २१ दलले चिन्हका लागि जिल्लामा विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको उहाँले बताउनुभयो ।
धादिङमा दर्ता भएका दलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल मजदुर किसान पार्टी, नेपाली जनता दल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, जनजागरण पार्टी नेपाल, उन्नत लोकतन्त्र पार्टी, जनसमाजवादी पार्टी, नेपाल, नेपाली कांग्रेस (वी.पी.), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, सामाजिक एकता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मौलिक जरोकिलो पार्टी, नेशनलिष्ट पिपल्स पार्टी, नेपाल परिवार दल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, विवेकशिल साझा पार्टी रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |