Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

महिला र यौनजन्य हिंसा अन्त्यका लागि छुट्टै संयन्त्र आवश्यक छ : मन्त्री रेग्मी

नीलकण्ठ एफ.एम ११३९ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १०, बिहिबार (४ साल अघि)
महिला र यौनजन्य हिंसा अन्त्यका लागि छुट्टै संयन्त्र आवश्यक छ : मन्त्री रेग्मी

काठमाडौं, १० चैत 

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला र यौनजन्य हिंसा अन्त्यका लागि छुट्टै संयन्त्र आवश्यक भएको बताएकी छन् । काठमाडौंमा बिहीबार आयोजित यौनजन्य हिंसासम्बन्धी नीतिगत छलफल कार्यक्रममा उनले महिला र यौनजन्य हिंसा अन्त्यका लागि भूमिका खेल्नेगरी संयन्त्र  निर्माणको लागि केहि तयारी समेत गरेको बताइन् ।

मन्त्रालयमा बजेट अभावका कारण यस क्षेत्रमा सोचेजति काम गर्न नसकिएको उनले बताइन् । महिला र यौनजन्य हिंसा अन्त्यका लागि पहल गर्न उच्च ओहोदामा रहेका महिलाले नै सहयोग नगरेको मन्त्री रेग्मीको भनाइ छ ।

‘महिलाको मुद्दामा छलफल गर्न र औपचारिक कार्यक्रमका लागि मलाई राष्ट्रपति विद्यादेवी भण्डारीले समय दिनुभएन । दुई चारजना महिला मात्रै उच्च ओहोदामा पुगेर र पुगेका महिलाले पनि महिलाका मुद्दालाई खास महत्व नदिँदा महिलाले न्यायको अनुभूत गर्न सकेका छैनन्,’ उनले भनिन् ।

महिला र यौनजन्य हिंसा अन्त्यका लागि आगामी नीति तथा कार्यक्रममा समेट्ने गरी  महिला सम्बद्ध निकायसँग उनले सुझाव पनि माग गरेकी छन् । सदनमा तीनपटक निष्क्रिय भइसकेको यौनजन्य हिंसासम्बन्धी अध्यादेशलाई आगामी अधिवेशनको सुरुमै अघि बढाएर दफावार छलफल गरेर सुझावसहित मात्रै पारित गर्न पहल गर्ने उनले बताइन् ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलालाई विभेद गर्ने गरी कानुन हुँदा पनि थप समस्या भएको बताएकी छन् । महिलाको तुलनामा पुरुषलाई बढी छुट हुने ढंगको कानुन भएकाले पुनर्विचार र पुनर्लेखनको आवश्यकता औल्याइन् । मनोरञ्जन क्षेत्र र श्रमजीवी क्षेत्रका महिलाका समस्यालाई सम्बोधन हुने गरी अध्यादेशमा समेट्न उनले सरकारलाई आग्रह गरेकी छन् ।

दैनिक सरदर ४० वटासम्म गुनासो आयोगमा व्यक्ति उपस्थित भएरै दर्ता हुँदै आएको छ भने देशभर र छिमेकी देश भारत, दुवै, कतार, जापानलगायतका देशबाट समेत गुनासो आउने गरेको छ । तर आफूहरूसँग दण्ड, सजाय र जरिवाना गर्न पाउने हैसियत नभएको, छलफल र मध्यस्थता मात्रै गरेर पठाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । दण्ड, सजाय र जरिवाना गर्ने हैसियत भएका निकायले बुलन्द ढंगले काम गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।

महिला, कानुन र विकास मञ्चकी कानुनी सल्लाहकार एवं अधिवक्ता मिरा ढुंगानाले महिलालाई विभेद नहुने गरी कानुन बनाउनुपर्नेमा जोड दिएकी छन् । प्रभावकारी कानुन निर्माण गरेर कार्यान्वयन गराउने वातावरणका लागि नीतिगत छलफल आवश्यक रहेको उनको तर्क छ ।  कतिपय कानुन संशोधनको आवश्यक रहेकाले त्यसतर्फ पनि ध्यान दिन उनले सुझाव दिएकी छन् ।

महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठले यौनजन्य हिंसासम्बन्धी अध्यादेशलाई संसदमा छलफल गर्नु जरुरी रहेकाले आगामी अधिवेशनमा छलफल गर्न माग गरेका छन् । तीनपटक निष्क्रिय भइसकेको अध्यादेश जस्ताको त्यस्तै भन्दा पनि परिमार्जनसहित नयाँ विषयलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । आधुनिक समाजमा हुने महिला र यौनजन्य हिंसाको विषयलाई उठाउनुपर्नेमा उनको जोड छ ।

महिला कानून र विकास मञ्च, माइती नेपाल, सीएसी नेपाल, युएन नेपाल र फिनल्यान्डको विदेश मन्त्रालयले संयुक्त रूपमा यौनजन्य हिंसासम्बन्धी नीतिगत छलफलको आयोजना गरेको हो । छलफलमा सहभागीले अनुचित प्रभाव र कार्यस्थलमा हुने हिंसाको अन्त्य, समय सान्दर्भिक कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

  • हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

  • धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

  • समाचार
    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0