धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
काठमाण्डौ,१० चैत।
वाग्मती प्रदेशमा बर्डफ्लुको सङ्क्रमण फैलिएको छ । वाग्मती प्रदेशका काठमाण्डौ उपत्यकासहित चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्ड फ्लु देखिएको वाग्मती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिनुभयो ।
माघ १६ गतेदेखि बर्ड फ्लु सङ्क्रमण देखिएको ६ जिल्लामा तीन करोड रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ।वाग्मतीका ६ जिल्ला बाहेक मोरङ, सुनसरी, उदयपुर, कास्की, पर्सालगायतका जिल्लामा पनि बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ ।विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार अहिलेसम्म सङ्क्रमण नियन्त्रणमा रहेको छ ।
सङ्क्रमण देखिएका ठाउँमा पूर्णरूपमा निःसङ्क्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमुना सङ्कलन र निगरानी भइरहेको समेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिनुभयो । उहाँले किसानलाई सतर्क रहन आग्रह गर्नुभएको छ । साथै क्षति बेहोरेका किसानलाई सङ्घीय र स्थानीय सरकारसँगको सहकार्यमा क्षतिपूर्ति दिने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |