वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
काठमाडौं, १० चैत
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।
चार सरकारी निकायले ती कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद कार्यालयले ‘कालोसूचीमा राख्न नपर्ने आधार पेश गर्न’ भनेको हो ।
यसअघि ३० दिने सूचना जारी गरिए पनि अटेरी गरेपछि पुनः सात दिने अल्टिमेटम दिइएको छ ।
कालोसूचीमा सिफारिस भएका कम्पनीमा अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौं र शिवराम कन्स्ट्रक्सन प्रालि दोलखा रहेका छन् ।
सुर्खेतको चौकुने गाउँपालिकाले अमनलाई, सडक डिभिजन दाङले अभिषेक निर्माण सेवालाई र सडक पूर्वाधार विकास कार्यालय पाल्पाले श्रेष्ठ निर्माण सेवालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका हुन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले बीटी निर्माण सेवा र शिवराम कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।
स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी कामकारबाहीका सहभागी हुन नपाउनेगरी निश्चित समयका लागि कालोसूचीमा राख्नेछ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।