वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,०४ चैत।
जिल्ला प्रशासन कार्यालय धादिङले इजाजत प्राप्त हातहतियार चैत्र २१ गतेभित्र बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
शुक्रबार प्रशासनने एक सूचना जारी गर्दै कानूनीरुपमा अनुमति प्राप्त व्यक्तिका नाममा रहेका हातहतियार (भरुवा तथा एयर गन वन्दुक ) चैत्र २१ गतेभित्र आ–आफनो नजिकको प्रहरी ईकाईमा बुझाउन अनुरोध गरेको हो।
आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भय रहित वातावरण सृजना गर्नु अपरिहार्य भएकोले आ–आफनो हातहतियार नजिकको प्रहरी ईकाईमा बुझाउन प्रशासनले अनुरोध गरेको हो।
उक्त बुझाइएका हातहतियारहरु सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि हतियार धनीलाई नै फिर्ता गरीने प्रशासनद्धारा जारी सुचनामा भनिएको छ।
साथै कोही कसैले विना ईजाजतका भरुवा तथा एयर गन वन्दुक राखेको भए चैत्र २१ गते भित्रमा स्वत :स्फुर्त रुपमा आ–आफना नजिकको प्रहरी इकाईमा बुझाउन समेत प्रशासनले आग्रह गरेको छ ।
निर्धारित समय भित्र नबुझाई अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।