Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वानतिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
  • कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
  • शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचितशहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
  • आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोगआध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
  • सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरणसांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
  • पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरणपशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण

बुढेसकालको प्रेमले निम्त्याएको अपराध– आफैं हत्या, आफैँ उजुरी !

५४७ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

दाङको राप्ती गाउँपालिका– ३ वसन्तपुरकी उमादेवी चौधरीले काममा जान्छु भन्दै निस्किएका आफ्ना पति घर नफर्किएको भन्दै फागुन ५ गते प्रहरीमा निवेदन दिइन् ।

फागुन १ गते बिहानै घरबाट निस्किएका ४५ वर्षीय पति लप्टन चौधरी घर नफर्किएकाले खोजी गरिदिन उनले निवेदन दिएकी थिइन् ।

गढवा गाउँपालिका– ३ गोवरडियातर्फ गएको र घर नफर्किएको उनले निवेदनमा उल्लेख गरेकी थिइन् । त्यसलगत्तै इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुवन भट्ट नेतृत्वको टोली अनुसन्धानमा खटियो ।

उनको टोलीले फागुन ५ गते बेलुका ६ बजे गढवा गाउँपालिका २ कोठरीस्थित राप्ती नदीमा एउटा शव फेला पार्‍यो । 

प्रहरीले उमादेवी र छरछिमेकलाई सनाखत गराउँदा लप्टनको शव भएको पुष्टि भयो । उनको घाँटीमा चोट देखिएपछि कसैले हत्या गरेको भन्ने आशंकामा अनुसन्धान शुरू भयो । 

लप्टन राजनीति गर्ने भएकाले उनका कोही शत्रु छन् कि भनेर छरछिमेकमा सोधपुछ गर्दा प्रहरीले नयाँ रहस्य पत्ता लगायो ।

छिमेकीले उमादेवीको अर्कै पुषससँग सम्बन्ध रहेको बताए । 

प्रहरीले छिमेकीले भनेकै आधारमा उमादेवीलाई निगरानीमा राख्दै टेक्निकल अनुसन्धान अघि बढायो ।

परपुरुषसँगको सम्बन्धका कारण लप्टनले मादक पदार्थ सेवन गरेर उमादेवीलाई कुटपिट गर्ने गरेको पनि छिमेकीले बताए ।

प्रहरीले उमादेवीको फोन सम्पर्क भएका व्यक्तिहरूका सम्बन्धमा अनुसन्धान शुरू गर्‍यो । फोन कल डिटेल र व्यवहार हेर्दा उमादेवीले नै हत्या गरेको निष्कर्षमा प्रहरी पुग्यो ।

त्यसपछि प्रहरीले उमादेवीलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो ।

सोधपुछका क्रममा उनले आफ्ना प्रेमी राप्ती– ३ मसुरियाका हनुमान चौधरीसँग मिलेर पतिको हत्या गरेको स्वीकार गरिन् ।

आफूहरूको सम्बन्ध थाहा पाएपछि कुटपिट गरेको र समाजमा बताइदिने धम्की दिएकाले हत्या गरेको बयान उनले दिइन् ।

उनका अनुसार माघ २९ गते बेलुका लप्टनले मादक पदार्थ सेवन गरेर उमादेवीलाई कुटपिट गरेका थिए । 

उमादेवीले त्यसबारे हनुमानलाई जानकारी गराइन् ।

उनीहरू लप्टनको हत्या गर्ने निष्कर्षमा पुगे । हनुमानले उमादेवीलाई घरको दक्षिणतर्फको ढोका खुलै राख्न भने ।

उमादेवी ढोका खुलै राखेर १२ वर्षीया छोरी च्यापेर अर्को कोठामा सुतिन् ।

छोरी निदाएपछि राति १२ बजे हनुमान र उमादेवीले लप्टनको छातीमा मुड्कीले हानेर बेहोश बनाए । त्यसपछि घाँटी च्यापेर हत्या गरे ।

‘हत्या गरेर शव नजिकै रहेको राप्ती नदीमा फालेको देखिन्छ । प्रहरीलाई गुमराहमा पार्नका लागि उनीहरूले शवलाई जुत्ता समेत लगाइदिएका रहेछन्,’ दाङ प्रहरीका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले भने ।

उमादेवीले ६ दिनपछि मात्र श्रीमान् हराएको खबर गरेकी थिइन् । 

प्रहरीले अहिले ५० वर्षीया उमादेवी चौधरी र उनका प्रेमी ५२ वर्षीय हनुमान चौधरीलाई जिल्ला अदालत दाङबाट म्याद लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।लोकान्तर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • धादिङ उद्योग वाणिज्य संघद्वारा शान्ति र सुरक्षाप्रति ध्यान दिन आग्रह

    धादिङ उद्योग वाणिज्य संघद्वारा शान्ति र सुरक्षाप्रति ध्यान दिन आग्रह

  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ

    फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ

  • धादिङमा कर्फ्यु आदेश जारी

    धादिङमा कर्फ्यु आदेश जारी

  • मानव बेचबिखन तथा ओसारपसारका घट्ना बढ्दै

    मानव बेचबिखन तथा ओसारपसारका घट्ना बढ्दै

  • समाचार
    अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी

    अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

    हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

    नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

    नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0