Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सत्य,तथ्य र प्रमाण बिना आरोप लगाउनुको कुनै अर्थ छैनःप्रेमनाथ सिलवाल 

२३९५ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
Post Thumbnail

धादिङको सिद्धलेक गाउँपालिकाको समग्र विकास निमार्ण(खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन,शुसासन लगायको विषयमा रेडियो कार्यक्रम जनतासँग प्रमुखमा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालसँग रामकुमार थापाले गर्नुभएको कुराकानीको अस्मिता पोख्रेलद्धारा सम्पादित अंशः

१. लुम्बिनि प्रदेश र गण्डकी प्रदेशको स्थानिय तहमा भएको विकासको अवलोकन गर्न जानुभएको थियो,यो ४ दिनको अवलोकनमा त्यहाँको स्थानिय तहमा कसरी काम भएको रहेछ ? 

३/४ वटा नगरपालिका र ५/६ वटा गाउँपालिकाको अवलोकन गर्ने मौका पाए । सिक्न पर्ने, जान्न पर्ने कुराहरु हामीले गरेको भन्दा नौला कुराहरु थाहा भयो । वालीङ नगरपालिकामा बाँदर असाध्यै लाग्ने भएको कारण उहाँहरुले बाँदरलाई तालिम दिएर प्रत्येक गाउँ÷नगर पालिकामा बेच्दै छौँ भनेर नगर प्रमुखले भन्नुभयो।

उहाँहरुले तरकारी बेच्नको लागि एम्बुलेन्स सेवा तयार गर्नुभएको रहेछ । जुन जुन ठाउँबाट किसानहरुले बिक्रि वितरण गर्न राखेको तरकारीहरु सम्बन्धित ठाउँमा पु¥याउनको लागि एम्बुलेन्स सेवा भनेर  स्थानिय तहले गाडिको व्यवस्था गरेको छ।

रुपा गाउँपालिकाको अध्यक्षले संघ र प्रदेशबाट नियमित आउने पैसा बाहेक ७ अर्ब भित्राउनु भएको रहेछ।अधिकांस पिच गर्ने र स्वास्थ्य क्षेत्रलाई व्यवस्थापन गर्ने काम गर्नुभएको देखियो।अरु गाउँपालिकाहरुको विकासको फड्को अगाडि बढेको छ । गण्डकी प्रदेशको एउटा गाउँपालिकामा गयौँ असाध्यै राम्रो कामहरु अगाडि बढेको देख्यौँ ।

२.  ति गाउँपालिकाले भन्दा हामीले केही फरक गरेका रहेछौँ भन्ने केही मनमा आयो ?

भौतिक निमार्णहरु, सडक निमार्णहरु, खानेपानीमा उस्तै उस्तै हो।  तर तरकारी बेच्नको लागि एम्बुलेन्स सेवा, बाँदरलाई तालिम दिने कुरा फरक छ। बाटोहरु बर्खामा त्यहाँ पनि तहस नहस भएको देखियो तर सिक्न पर्ने कुरा पारदर्शी भएर अगाडि बढेको देखियो। फेदीखोला गाउँपालिकामा पनि पुँगे त्यहाँ होमस्टे राम्रो व्यवस्थित गरेका थिए। ति पालिकाहरु हामी सो सरह भन्दा अगाडि नै पुगेको देखे। 

३. हाम्रो सिद्धलेकका गाउँहरुमा होम स्टे बनाएर सिद्धबाबाको मन्दिरलाई अझै व्यवस्थित बनाउन सकियो भने त्यहाँका नागरीकहरु पनि आत्मनिर्भर बन्ने र गाउँपालिकालाई आर्थिक हिसावले मजवुद हुने अवस्था प्रशस्त छ ? 

सिद्धलेक गाउँपालिकामा जनजातिका साथिहरुको बाहुल्यता छ । हाम्रो सस्कृतिलाई जगेर्ना गर्ने हो भने प्रशस्त ठाउँ छ ।सिद्धलेकको पात्लेमा साथीहरुले ८/१० घरमा होम स्टे संचालन गर्नु भएको छ ।साविक कुम्पुर गाविसको वडा नम्बर ३, ५ र ६ मा सबै ठाउँमा बनाउन सक्ने अवस्था छ ।बनाउँछु भन्दा भन्दै हामीलाई समय पुगेन। अहिले भवन, बाटो, खानेपानीको टेन्डर गर्ने काम सकिसकेको छ ।

४.चार वर्षको अवधिमा जुन हिसावले विकासको गति अगाडि बढेको छ, गाउँगाउँमा विकास भएको छ, यो नमुना काम हो भन्न मिल्छ नि होईन र  ? 

सकारात्मक सोच राख्ने, विकासप्रति माया ममता गर्ने, यो हाम्रो हो भन्ने मुल्याङ्कन गर्नेले भन्दा हुन्छ । जो मान्छे नकारात्मक सोच राख्ने समाजमा विकृति फैलाउने, त्यो पदमा म कहिले पुग्ने भन्ने कुण्ठाले भरिपुर्ण  भएकोले कसरी सोच्छ र सोच्दैन नि ? हामीले गरेको विकृति विसङ्गति फेला पारे कारवाही गर्दा हुन्छ भनेर भनेका छौँ । हामी जनप्रतिनिधिहरु सेवा गर्न गएको हो, जनताका मालिक होइनौँ जनताका सेवक हौँ । जनताले कर तिरेको पैसामा आफु खुसि खर्च गरौँला भनेर गएका होइनौँ ।

हामीलाई पाँच वर्षका लागि पठाउनु भएको हो जे जति सेवा गरेका छौँ जनताहरुले मुल्याङक्न गरेर जाने हो।हाम्रो कार्यअवधि ५/६ महिना बाँकी छ ।सुरुवात मात्र हो काम गर्न बाँकी त धेरै छ भौतिक निमार्णमा सडकलाई व्यवस्थापन गर्ने मात्र अरु सकिसकेको छ। सबै वडा कार्यालय, स्वास्थ्य चौकी, गाउँपालिका भवन सबै बनिसक्यो खानेपानीलाई दिगोपना गर्ने मात्र बाँकी छ ।

संरक्षण कसरी गर्ने हामीलाई असाध्यै चिन्ता छ। कुम्पुर डाँडामा सुनौला बजार देखि पानी लिएर गएर डाँडाभन्ज्याङका जनताहरुलाई पानी खुवाउने किसिममा हामी पुगेका छौँ । परेवाटारमा तल त्रिसुली किनारबाट माथि लेराएर पानी हालेका छौँ। सबै पुर्ण भएको छैन, केही जनताहरुको घरमा पानी पुग्न बाँकी छ । 

५.सिद्धलेक गाउँपालिकामा गठबन्धन तर्फबाट चार दलले भ्रष्टचार,अनियमितता भयो भनेर तपाई स्वयम र सिडियो कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्, त्यो घटनाको वास्तविक के हो ? प्रष्ट पारीदिनुहोस् न। 

गोर्खा  ईकोप्यानलले टेन्डर गरेर १६ कोठे भवन बनाएको विषय, डिपबोरीङको विषयमा  खरि, डुमि डाँडा,मुलाबारी सबै सिस्टमबाट टेन्डर आव्हान गरेर उपभोक्ता समिति मार्फत खनेको कुरा छन् ।यो विषयमा भ्रष्टाचार भयो पैसा खायो भनेर भनेकोे छ ४ वर्षको कागजपत्र, खाता सबै हेर्दाहुन्छ ।

ट्रयाक्टरको कुरामा कोरोना भाईरसको महामारी सुरु भएको बेला २०७५/०७६ सालको बजेटको पैसाले ट्रयाक्टर किन्ने कुरा भयो ७ वटा वडाका उपभोक्ता समिति बनाएर अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष राखेर कुमारी बैँकमा खाता खोलेको छ । ट्रयाक्टर बेच्नको लागि  कोटेश्वरबाट ३ वटा कम्पिनिले पारेको छ त्यो कम्पनिहरुलाई उपभोक्ता समितिका अध्यक्षले कुमारी बैँकबाट चेक काटेर दिएको छ अनि कसरी मैले पैसा खोसे होला त ?

औषधि २० लाखको टेन्डर गरेको त्रिपुरेश्वरको कम्पनिले कम प्राइजमा पारेर लगेको छ यो कुरामा भ्रष्टचार भयो भनेको छ । उहाँहरुले गाउँपालिकामा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र दिनुभएको छ । जिल्ला प्रशासन कार्यालयले सबै कागजपत्र आएर हेर्नुभए हुन्छ।  गाउँपालिकामा जसले बदमासी ग¥यो त्यसले सजाय भोग्न पर्छ । एउटा गल्ति मात्र देखायो भने एक महिना बाँकी भएपनि म राजिनामा दिएर हिड्छु । 

६. जनताको घर दैलोमा गएर हामीले गरेको काम यो हो भनेर भन्ने दिन आयो ? 

जनताले विश्वास गर्नुप¥यो जनता ढुङ्गाको देउता होइन, बोल्ने देउता हो । जनताले नियालेर हेरिरहनुभएको छ उहाँहरुको गठबन्धन, सरकार छ । कर्मचारी, वडाअध्यक्ष ज्युहरुले बदमासी गरे उहाँहरु जानुहुन्छ ।

वडाध्यक्ष ज्यु कहाँ संचालन खर्च भनेर महिनाको १० हजार जान्छ कहाँ भ्रष्टाचार गर्न पाउँछ ? सकारात्मक सोच नराख्ने एउटाले गरेको कामलाई भताभुङ्ग बनाउने अनि  विकास कसरी हुन्छ ? तर बेला बेलामा सजग बनाउने गरेका छन् । 

प्रश्न
रामप्रसाद उपाध्याय वडा नं १ :
सीद्धलेक गाउँपालीकाको नाममा स्कर्पीयो गाडी खरीद गरि जिल्ला समन्वय प्रमुखलाई उपलब्ध गराएकोे भन्ने कुरा व्यापक मात्रामा सुन्नमा अनि पढ्नमा आएको छ सत्यतथ्य जानकारी गराउनु हुन अनुरोध गर्दछु।

बैरेनीमा मैले अस्पताल बनाउन लागेको थिए खारेर राखेको छ डेढ रोपनी जग्गा नपुगेको कारण अस्पताललाई अगाडि बढाउन सकेका छैनौँ । जिल्ला विकास समितिबाट १ करोड पहिला लगिसकेको छ त्यो पैसा तत्कालीन जिल्ला विकास समितिको पालाको जिल्ला समन्वय समितिमा ढुङ्गा गिटि बालुवाको पैसा ४२/४३ करोड कोषमा बसेको थियो ।

नियमित जानु पर्ने एक करोड गयो र हामी गाडि खरिद गर्न पाइएन तपाइहरु गाडि खरिद गर्दिनुस सिद्धलेक गाउँपालिकामा एक करोड हाल्दिन्छौँ बाँकी रकम विकासलाई सपोर्ट हुन्छ सिद्धलेक गाउँपालिकाको नाममा गाडि बस्छ भन्ने कुरा भयो । एक करोडमा एयटा किन्दिएर ५७/५८ लाख मेरो गाउँपालिकाका जनताहरुलाई आउने भयो ।

गाउँपालिकाको पैसा पनि परेन भोलि गाडि गाउँपालिकालाई नै आउने भएकोले हुन्छ भनेको हो । गाउँपालिकाले गाडि किन्दियो जिल्ला समन्वय समितिले लिएको छ । त्यो गाडि किनेर ५७/५८ लाख हाम्रो अस्पताल निर्माणको लागि जग्गा किन्नलाई फाइदा भएको छ।यदि बदमास गरेर त्यो गाडि दिएको वापत कुन सजाय भोग्न पर्छ म तयार छु।सत्य तथ्य प्रमाण फेला पार्नु प¥यो कारवाही गर्नुप¥यो ।

सन्जय गैरे,सिद्धलेक–७ । 
प्रदेश र गाउँपालिकाले सडकको लागि १/१ करोड परेको छ भन्नु भएको थियो माँझी गाउँ, घर्ती गाउँ, तल्लो गाउँ र सिन्दुरे गाउँलाई खोइ त ? ७ नं वडाको सबैलाई पाएक पर्ने ठाउँमा स्वास्थ्य चौकी बनाउन पर्नेमा वडाका कर्मचारीको घर ठाउँमा मात्र विकास गरेको पाइयो? 

प्रदेशको र हाम्रो १/१ करोड गरेर जरेबाट आदमटार हुँदै अमिलि छापसम्म ग्राभेल हुँदैछ । त्यसको डिपिआर भइसकेको छ अहिले अमिलिछापसम्म काम हुन्छ । पैसा  लगभग एक करोड आएको छ ।

प्रदेशको पैसा प्रदेशमा फिर्ता गर्नुपर्छ हामीकहाँ आएको पचास लाखले पिपलटारबाट अमनटारसम्मको बाटोलाई गर्ने भन्ने सोच छ। स्वास्थ्य चौकीको विषयमा सबै साथीहरु सहमति भएर नै आदमटार लगेको हो । सेवा दिने, लिने कुरामा जनताका लागि हित राखेर गरेका छौँ जस्तो लाग्छ। 

७. अन्त्यमा के भन्न चाहनुहुन्छ ? 

कोभिड १९ केही हदसम्म न्युनिकरण भएको छ तर पनि सजगता अपनाउनु पर्ने अवस्था छ । हरेक विकास निमार्ण कामहरुमा नकारात्मक आएको कुराहरुलाई म सरोकार व्यक्तिसँग टिका टिप्पणि गरिदिनुहोस् ।

राम्रा काम गर्नेलाई घेरा बन्दि रुपले अगाडि बढाएको हुनाले यस्ता कुराहरुमा अगाडि नबढ्नको लागि सिद्धलेक गाउँपालिका वासीहरु र देश विदेशमा रहनु भएका सिद्धलेक वासीका आदरणीय दाजुभाई दिदी बहिनिहरुलाई अनुरोध गर्छु । सु स्वास्थ्य रहनु आफ्नो परिवारलाई सुख सन्तोष दिलाएर अगि बढुनुस्।

हामीलाई तपाईहरुले त्यहाँको पैसा सदुपयोग गर्न पठाउनु भएकोले त्यसलाई कसरी सदुपयोग गर्ने, जनताको हितमा कसरी लगाउने भन्ने तरिकाले हेरेका छौँ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट

    संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट

  • नेत्रावतीमा कपाल काट्ने सिपमुलक तालिम सुरु

    नेत्रावतीमा कपाल काट्ने सिपमुलक तालिम सुरु

  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ

    बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ

  • नेप्से परिसूचक तेह्र अङ्कले घट्यो

    नेप्से परिसूचक तेह्र अङ्कले घट्यो

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0