नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी,२२ बैशाख । धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। शुसासन पारदर्शिता र जवाफदेहिताको लागी पालिकाको वडा नं। ६ स्थित कुम्पुर भन्जाङमा आज पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सविता अर्याल,प्रमुख प्रशाशकिय अधिकृत अनिशा आचार्य,वडा अध्यक्ष सुरेन्द्र कुमार मगर लगाएत शाखा प्रमुखहरु प्रमुख वक्ताको रुपमा उपस्थित रहनुभएको थियो ।
कार्यक्रममा स्थानीय नागरिकले सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिबारे विभिन्न प्रश्न र जिज्ञासा राखेका थिए। सार्वजनिक सुनुवाइमा सहभागीहरूले विशेषगरी सेवा प्रवाहको प्रभावकारिता, विकास आयोजनाको प्रगति तथा पारदर्शितासम्बन्धी विषयमा चासो व्यक्त गरेका थिए।
कार्यक्रम बक्ताहरुले नागरिकका जिज्ञासाको जवाफ दिँदै पालिकाको कार्यसम्पादनबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा बोल्दै जनप्रतिनिधि तथा कर्मचारीहरूले सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |