वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी,१ जेठ । निर्माण सामग्री तथा इन्धनको चर्को मूल्यवृद्धिका कारण निर्माण व्यवसाय संकटमा परेको भन्दै धादिङ निर्माण व्यवसायी संघले सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष राजेन्द्र अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै निर्माण सामग्रीको मूल्य समायोजन र व्यवसायीका समस्या समाधानका लागि तत्काल पहल गर्न माग गर्नुभएको हो ।
संघका महासचिव धर्मराज लोहोनीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पछिल्लो समय डिजेल, पेट्रोलियम पदार्थ, बिटुमिन, फलामजन्य सामग्रीलगायत निर्माण क्षेत्रमा प्रयोग हुने सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा निर्माण व्यवसाय सञ्चालन गर्न कठिन भएको उल्लेख गरिएको छ । मूल्यवृद्धिका कारण कतिपय निर्माण कार्य प्रभावित तथा ठप्प हुने अवस्थामा पुगेको संघको भनाइ छ । अध्यक्ष अधिकारीको अनुसार निर्माण व्यवसायी महासंघले यसअघि नै सरकारसँग मूल्य समायोजनको माग राखेको भए पनि हालसम्म कुनै सुनुवाइ नभएकाले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउन बाध्य भएको हो ।
उहाँले सबै आयोजना व्यवसायीको लापरबाहीका कारण रोकिएको भन्ने आरोप यथार्थ नभएको पनि बताउनुभएको छ । उहाँको अनुसार “कतै वन क्षेत्रका रूख कटानको समस्या छ, कतै विद्युतका पोल सार्ने काम हुन सकेको छैन, कतिपय ठाउँमा नदीजन्य सामग्री उत्खननमा अवरोध छ, यी र यस्ता प्रशासनिक र संरचनागत समस्याका कारण पनि धेरै आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् ।
”संघले निर्माण क्षेत्रलाई सहज रूपमा सञ्चालन गर्न मूल्य समायोजन, आवश्यक सहजीकरण तथा नीतिगत समस्या समाधानका लागि सरकारसँग तत्काल पहल गर्न आग्रह गरेको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।