ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
धादिङबेशी,६ धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कपाल काट्ने सम्बन्धी सीप विकास तालिम सुरु गरिएको छ । स्थानीय स्रोत साधनको सदुपयोग गर्दै युवाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
नेत्रावती डवजोङ गाउँपालिका–४ मा सुरु गरिएको तालिमको उद्घाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शन्देश प्रसाद जोशी र वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष बुद्धराम तामाङको विशेष उपस्थितिमा गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जोशीले सीपमूलक तालिमले युवाहरुलाई रोजगारीसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
त्यसैगरी कार्यवाहक वडा अध्यक्ष तामाङले स्थानीय स्तरमै आयआर्जनका अवसर सिर्जना गर्न यस्ता तालिम प्रभावकारी हुने उल्लेख गर्नुभयो । गाउँपालिकाले युवाहरुलाई सीपमार्फत उद्यमशील बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।
उद्योग विकास शाखाको आयोजनामा सञ्चालन गरिएको तालिममा वडाभित्रका युवाहरुको सहभागिता रहेको छ । तालिममार्फत सहभागीहरुलाई कपाल काट्ने तथा व्यवसाय सञ्चालनसम्बन्धी आधारभूत ज्ञान र व्यवहारिक सीप प्रदान गरिने आयोजकले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |