वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, १८ भदौ : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्पछिको व्यवस्थापनमा भौतिक संरचनाको पुनर्निर्माणसँगै प्रभावितहरूको जीविकोपार्जन र दीर्घकालीन पुनःस्थापनामा मुख्य ध्यान दिनुपर्ने बताउनुभएको छ ।
धादिङको गल्छीस्थित बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । विपद्मा भएको जनधनको भयानक क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले भौतिक संरचना फेरि निर्माण गर्न सकिने भए पनि मानवीय क्षति असाधारण र अपूरणीय रहेको बताउनुभयो ।
“तत्कालका लागि प्रभावितहरूलाई बस्ने, खाने र स्वास्थ्य उपचारको प्रबन्ध मिलाउनु अत्यन्तै जरुरी छ, “अध्यक्ष ओलीले भन्नुभयो, “उद्धार र राहतको कामपछि पुनर्निर्माण मात्र गरेर हुँदैन । मान्छेलाई पहिल्यै कै ठाउँमा, आम्दानी हुने र काम गर्ने ठाउँमा कसरी पु¥याउने र उनीहरूको जीविका सहज कसरी बनाउने भन्ने कुरा चुनौतीपूर्ण र महत्वपूर्ण छ ।“
उहाँले विपद्पछिको व्यवस्थापन र पुनःस्थापनाका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले यस सन्दर्भमा प्रभावकारी योजना बनाउनुपर्ने भन्दै उहाँले आफ्नो पार्टीले पनि सरकारलाई आवश्यक सुझाव दिइरहेको स्पष्ट पार्नुभयो ।
विपद्को घडीमा विभिन्न सङ्घसंस्था र स्वयंसेवकहरूले पु¥याएको सहयोग तथा उद्धार कार्यको उहाँले उच्च प्रशंसा गर्नुभयो । विपद् व्यवस्थापन एकछिनको देखावटी विषय नभएको स्पष्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो, “यो काम एकछिन आएर देखिने, देखाउने र यसो सेल्फी खिचेर जाने विषय होइन, प्रभावितलाई कसरी फेरि सामान्य अवस्थामा फर्काउन सकिन्छ भन्ने मुख्य कुरा हो ।“
समस्याको वास्तविक अवस्था बुझेर पुनःस्थापनाका काम अघि बढाउन आफूहरूले स्थलगत अध्ययन गरिरहेको जानकारी दिँदै उहाँले पुनःस्थापनाको काममा सरकारसँगै आफ्नो पार्टी र स्वयंसेवकहरू पनि सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बाढी तथा पहिरोको जोखिम अझै टरिनसकेको र भविष्यमा थप ठूलो बाढीको सम्भावना कायमै रहन सक्ने भएकोले उच्च सतर्कता अपनाउन उहाँले सबैमा आग्रह गर्नुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।