धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
धादिङ, ४ मङ्सिर । धादिङको रुबीभ्याली गाउँपालिका–४, कलदाङमा भएको बोलेरो दुर्घटनाका छ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । अन्य तीन जना घाइतेलाई धादिङ अस्पताल ल्याइएको छ ।
आज बिहान भएको दुर्घटनामा रुबीभ्याली–४, बोराङकी अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको थियो भने चालकसहित नौ जना घाइते भएका थिए । घाइतेलाई सुरुमा बोराङ स्वास्थ्यचौकी पुर्याइएको थियो ।
प्रहरीको प्रारम्भिक घटनाविवरणअनुसार लापाबाट बोराङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३३ च ७१६९ नम्बरको बोलेरो बिहान करिब १ः५५ बजे उकालो बाटोमा अनियन्त्रित भई करिब चार सय मिटर तल सडकमा खसेको हो ।
घाइते हुनेमा बोराङका ३५ वर्षीया कान्छीमाया तामाङ, नौ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीया मिजोङ तामाङ, २० वर्षीय विमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ रहेका छन् । यस्तै, चालक खनियाबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ का २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन् ।
बोराङ स्वास्थ्यचौकीमा उपचारका क्रममा तयार गरिएको प्रारम्भिक प्रहरी विवरणमा आमोष, मिजोङ र चालक डम्बरको अवस्था गम्भीर तथा अन्य छ जनाको अवस्था मध्यम रहेको उल्लेख छ ।
प्रहरीलाई बिहान करिब ३ः३० बजे दुर्घटनाको खबर प्राप्त भएको थियो । त्यसलगत्तै प्रहरी चौकी सेर्तुङबाट प्रहरी सहायक निरीक्षक बलिराम चौधरीको नेतृत्वमा तीन जना र जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक श्यामकुमार बस्नेतको नेतृत्वमा सात जनाको टोली घटनास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो ।
फोटो सौजन्य : जिल्ला प्रहरी कार्यालय धादिङ

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।