युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
धादिङ, १२ कात्तिकः
स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३०औँ स्थापना दिवसको अवसरमा बाल बचतकर्तालाई स्टेशनरी वितरण कार्यक्रम सुरु गरेको छ। संस्थाले कात्तिक १२ गतेदेखि कात्तिक मसान्तसम्म बाल बचतकर्ता बालबालिकालाई कापीलगायतका शैक्षिक सामग्री वितरण गर्ने जनाएको छ।
संस्थाकी अध्यक्ष कविता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रुद्रबहादुर खत्री प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष, संस्थापक सदस्य, सञ्चालक समिति, कर्मचारी तथा सेयर सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रम संस्थाका सचिव बद्रीप्रसाद कोइरालाले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष थापाले २६ जना सेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल करिब ९ हजार ९०७ जना सेयर सदस्य, दुईवटा सेवा केन्द्र र १५ जना कर्मचारी रहेको जानकारी दिनुभयो। संस्थाको कुल सम्पत्ति करिब ७३ करोड रुपैयाँ पुगेको उहाँले बताउनुभयो। गल्छी र सल्यानटार सेवा केन्द्रमा समेत स्थापना दिवस मनाउँदै बाल बचतकर्तालाई स्टेशनरी वितरण भइरहेको उहाँले जानकारी दिनुभयो।
संस्थाका निवर्तमान अध्यक्ष रुद्र बहादुर खत्रीले २६ जना सदस्यबाट ५२ हजार रुपैयाँ पुँजीसहित सुरु भएको सहकारीको वित्तीय कारोबार करिब ७४ करोड रुपैयाँको अवस्थामा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। हाल संस्थामा करिब १० हजार सदस्य र आठ हजारको हाराहारीमा सक्रिय कारोबार गर्ने सदस्य रहेको उहाँले उल्लेख गर्नुभयो। संस्थालाई वर्तमान अवस्थामा पु¥याउन योगदान गर्ने संस्थापक, पूर्वअध्यक्ष, सञ्चालक समिति, कर्मचारी र सेयर सदस्यप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
संस्थापक सदस्य डा. मोहनबहादुर कँडेलले तीन दशकको यात्रामा सहकारी संस्थागत परिपक्वताको चरणमा पुगेको उल्लेख गर्दै आगामी दिनमा नयाँ सोच र योजनासहित अघि बढ्नुपर्ने बताउनुभयो।
पूर्वअध्यक्ष प्रदीप अधिकारीले सहकारीले स्पष्ट लक्ष्य र रणनीतिक योजनाअनुसार काम गरिरहेको बताउँदै संस्थाको वित्तीय अवस्थाप्रति आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो। संस्थालाई आगामी दिनमा थप उचाइमा पु¥याउन निरन्तर व्यावसायिक र संस्थागत विकासमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
संस्थाका उपाध्यक्ष नवीनकुमार श्रेष्ठले २६ जना सेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल करिब दुई हजार बाल बचतकर्ता रहेको जानकारी दिनुभयो। तीन दशकको यात्रामा रहेको स्रोत परिचालन सहकारीले सदस्यको आर्थिक तथा सामाजिक विकाससँगै बालबालिकामा बचत संस्कृतिको प्रवद्र्धनलाई पनि प्राथमिकता दिएको जनाएको छ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।