Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १३, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

कांग्रेस महाधिवेशन प्रतिनिधिमा दिपक कोईरालाको उम्मेदवारी

नीलकण्ठ एफ.एम १२४९ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १३, मंगलबार (८ घण्टा अघि)
कांग्रेस महाधिवेशन प्रतिनिधिमा दिपक कोईरालाको उम्मेदवारी

धादिङ,१३ असोज । नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधि खुलातर्फ युवा नेता दिपक कोईरालाले उम्मेदवारी दिनुभएको छ।स्पष्ट वक्ता, जुझारु युवा नेता तथा राष्ट्रियस्तरका तालिमकर्ताका रूपमा परिचित कोईरालाको उम्मेदवारीलाई कांग्रेसभित्र युवा नेतृत्व र पुस्तान्तरणको बहससँग जोडेर हेरिएको छ।

स्थानीय शासन विज्ञका रूपमा समेत काम गर्दै आउनुभएका उहाँले पार्टी संगठनसँगै स्थानीय शासन, विकास र सार्वजनिक सरोकारका विषयमा लामो समयदेखि काम गर्दै आउनुभएको छ। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका कोईराला वि.सं. २०६३ सालमा नेपाल विद्यार्थी संघ धादिङको जिल्ला अध्यक्ष बन्नुभएको थियो। त्यसयता उहाँ नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।

प्रशिक्षणमा समेत दख्खल राख्ने कोईराला राष्ट्रियस्तरमा तालिमकर्ताका रूपमा काम गर्दै आउनुभएको छ। स्थानीय शासनका विषयमा विज्ञका रूपमा काम गरेको अनुभवलाई उहाँले राजनीतिक संगठन र सार्वजनिक सरोकारका विषयसँग जोड्दै आउनुभएको छ। कांग्रेसभित्र पछिल्लो समय युवाको अर्थपूर्ण सहभागिता, नेतृत्वमा नयाँ पुस्ताको प्रवेश र संगठनलाई समयानुकूल बनाउने विषयमा बहस चलिरहेको छ। यही परिवेशमा कोईरालाको उम्मेदवारीले धादिङ कांग्रेसको महाधिवेशनमा युवा पुस्ताको भूमिकालाई थप चर्चामा ल्याएको छ। पार्टीको संगठन विस्तार र कार्यकर्तासँगको सम्बन्ध सुदृढ बनाउन कोईरालाले लामो समयदेखि भूमिका निर्वाह गर्दै आउनुभएको छ। विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको राजनीतिक यात्राले पार्टीको संगठनात्मक तहमा काम गर्ने अवसरसँगै प्रशिक्षण, स्थानीय शासन र सार्वजनिक नीति क्षेत्रको अनुभवसमेत जोडेको छ।

१५औँ महाधिवेशनलाई कांग्रेसको सांगठनिक पुनर्संरचना, पुस्तान्तरण र जनतासँगको सम्बन्धलाई थप बलियो बनाउने अवसरका रूपमा हेरिएका बेला खुला समूहबाट कोईरालाको उम्मेदवारीले प्रतिनिधित्वको बहसलाई थप फराकिलो बनाएको छ। राजनीतिमा लामो समय सक्रिय रहेका अग्रज नेताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा विषयगत दक्षतालाई जोडेर अघि बढ्नुपर्ने आवाज कांग्रेसभित्र उठिरहेका बेला कोईरालाको उम्मेदवारीले युवा पुस्ताको राजनीतिक सहभागितालाई संस्थागत बहसमा ल्याउने प्रयासका रूपमा समेत अर्थ राख्ने देखिन्छ।

महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टी संगठनलाई थप गतिशील बनाउने, युवा पुस्ताको सहभागिता बढाउने तथा स्थानीय तहका जनसरोकारका विषयलाई पार्टीको नीति र संगठनसँग जोड्ने भूमिकामा आफूलाई सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

  • बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

    बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

  • पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

  • वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

    वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

  • समाचार
    सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

    बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

    वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0