धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
धादिङ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत हुन लागेको क्षेत्रीय अधिवेशनको निर्वाचनमा महाधिवेशन प्रतिनिधिको खुला समूहबाट रामेश्वर बुर्लाकोटीले उम्मेदवारी दिनुभएको छ। पार्टी संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने उद्देश्यसहित आफूले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बुर्लाकोटीले बताउनुभएको छ।लामो समय अमेरीकामा बस्नु भएका पार्टीको राजनीतिमा अमेरीकाको बसाई टुङ्ग्याएर धादिङ फर्कनु भएको हो ।
पार्टीको नीति, सिद्धान्त र मूल्यमान्यतालाई आत्मसात् गर्दै संगठन निर्माण र जनताको सेवामा इमानदार तथा जिम्मेवार ढंगले निरन्तर सक्रिय रहने उहाँको प्रतिबद्धता छ। बुर्लाकोटी नेपाली कांग्रेसको संगठनभित्र लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ।पार्टीभित्र प्राप्त अनुभवलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा उपयोग गर्दै संगठनलाई जनतासँग जोड्ने उहाँको धारणा छ। राजनीतिक गतिविधिसँगै बुर्लाकोटी सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएको छ। धादिङ नेपाली समाज अमेरीकाको पुर्व अध्यक्ष लगायत विभिन्न सामाजिक संस्थामा आबद्ध भएर उहाँले सामाजिक गतिविधिमा योगदान गर्दै आउनुभएको छ। सामाजिक संस्था र पार्टी संगठनमा काम गर्दाको अनुभवले आफूलाई समुदाय र कार्यकर्ताको आवश्यकता बुझ्न सहयोग पुगेको उहाँको भनाइ छ। महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएमा पार्टी संगठनलाई थप मजबुत बनाउने, कार्यकर्ताको भावना र सुझावलाई पार्टीको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन पहल गर्ने तथा संगठनलाई जनमुखी बनाउने दिशामा भूमिका खेल्ने उहाँले बताउनुभएको छ। बुर्लाकोटीले पार्टीभित्र स्वस्थ बहस, आलोचना र सुझावलाई संगठन सुदृढीकरणको महत्वपूर्ण आधारका रूपमा लिएको बताउनुभएको छ।
आफूले गरेका कामको मूल्यांकनसँगै आगामी दिनमा पनि पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त हुने पृष्ठपोषण, समालोचना, टिप्पणी र सुझावलाई सम्मानका साथ ग्रहण गर्दै अघि बढ्ने उहाँको प्रतिबद्धता छ। उहाँले भन्नुभएको छ, “आगामी दिनमा पनि यहाँहरूबाट प्राप्त हुने पृष्ठपोषण, समालोचना, टिप्पणी तथा सुझावलाई सधैं सम्मानका साथ ग्रहण गर्दै अघि बढ्नेछु।” कांग्रेसको क्षेत्रीय अधिवेशनलाई संगठनका लागि महत्वपूर्ण अवसरका रूपमा लिँदै बुर्लाकोटीले यस क्षेत्रको संगठनलाई अझ बलियो, व्यवस्थित र सक्रिय बनाउन आफूलाई सहयोग गर्न क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रह गर्नुभएको छ।
उहाँले महाधिवेशन प्रतिनिधिको खुलातर्फ आफ्नो उम्मेदवारीलाई साथ दिन पार्टीका नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूसँग अमूल्य मत, सद्भाव र सहयोगका लागि हार्दिक अनुरोध गर्नुभएको छ। बुर्लाकोटीले पार्टीको नीति, सिद्धान्त र मूल्यमान्यताप्रति प्रतिबद्ध रहँदै आगामी दिनमा पनि संगठन र समाजका पक्षमा निरन्तर काम गर्ने बताउनुभएको छ। उहाँको उम्मेदवारीसँगै धादिङ कांग्रेसको क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि हुने निर्वाचनमा प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।