बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेँसी, ३० भदौ । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन हुनुभएको छ।
मंगलबार धादिङबेँसीमा सम्पन्न संस्थाको २९औँ वार्षिक साधारणसभा तथा दशौँ अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपसभापतिमा दामोदर न्यौपाने, सचिवमा बलराम खत्री, कोषाध्यक्षमा विष्णुलाल श्रेष्ठ र सहसचिवमा कमला श्रेष्ठ चयन हुनुभएको छ। त्यसैगरी सदस्यमा मोहनमाया श्रेष्ठ, दामोदर इटनी र विष्णु रिजाल निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ।
साधारणसभाले सचिव बलराम खत्रीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष विष्णुलाल श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो।
कार्यक्रम जिल्ला शिक्षा समन्वय इकाई धादिङका कार्यालय प्रमुख कृष्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णुप्रसाद रिजालको विशेष आतिथ्यता रहेको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |