वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,१७ भदौ
चीन–नेपाल सीमा क्षेत्रबाट रसुवा हुँदै आएको विनाशकारी बाढीपहिरोमा परी नीलकण्ठ नगरपालिकाका २९ जनाको मृत्यु भएको पुष्टि भएको छ। तीर्थयात्रा, जागिर–व्यवसाय तथा ट्रेकिङका क्रममा प्रभावित क्षेत्रमा पुगेका नगरपालिकाका ३८ जना नागरिक बेपत्ता भएकामा हालसम्म २९ जनाको मृत्यु पुष्टि भएको नीलकण्ठ नगरपालिकाले जनाएको छ।नगरपालिकाले सोमबार शोक विज्ञप्ति जारी गर्दै उक्त हृदयविदारक घटनाले नगरपालिका परिवारलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको जनाएको छ।नगरपालिकाले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नगरवासीसहित देशभरका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विपद्को कठिन घडीमा शोकाकुल परिवारलाई केही राहत र सहजता प्रदान गर्ने उद्देश्यले बाढीमा परी बेपत्ता भएका नगरवासीको खोज तथा उद्धार र मृतकको अन्तिम संस्कारमा लाग्ने खर्च नीलकण्ठ नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ।यसैबीच, विपत्तिमा ज्यान गुमाएका नगरवासीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रिय शोक मनाउन भदौ १८ गते नीलकण्ठ नगरपालिका र मातहतका सम्पूर्ण कार्यालय तथा विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। अत्यावश्यक सेवाहरू भने सञ्चालनमै रहनेछन्।नगरपालिकाले सम्पूर्ण नगरवासीलाई चुनौतीपूर्ण परिस्थितिमा धैर्य धारण गर्न, उच्च सतर्कता अपनाउन तथा सुरक्षित रहन आग्रह गरेको छ।
मृतकहरूको १३औँ दिनको पुण्यतिथिका अवसरमा भदौ २२ गते दिउँसो २ बजे नीलकण्ठ नगरपालिकाको सिटीहलमा श्रद्धाञ्जली सभा आयोजना गरिने भएको छ। त्यसैदिन साँझ ६ बजे नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित पुछारबजारमा दीप प्रज्वलन कार्यक्रम समेत आयोजना गरिने नगरपालिकाले जनाएको छ।नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गानाद्वारा जारी शोक विज्ञप्तिमा सरोकारवाला तथा सम्पूर्ण नगरवासीलाई श्रद्धाञ्जली कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गरिएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।