ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
लायन राजाराम रिजाल सम्मानित
धादिङ, १४ भदौ : त्रिशूलीमा आज आएको बाढीले धादिङको चरौँदी र गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगाएको छ । बाढीले लगातार तीन घण्टा हानेपछि बिहान ११ः३० बजेतिर पुल ढलाएर बगाएको थियो ।
पुल लगेपछि गण्डकी गाउँपालिका ७ र ८ का बासिन्दा त्रिशूली तरेर राजमार्गतर्फ जान समस्या भएको छ । “घ्याल्चोकका करिब ४०० घरधुरी किसानले तरकारी र दूध बोकेर चरौँदीको कृषि सहकारीमा लैजाने गरेका थिए । अब त्यहाँका किसानले तरकारी र दूध बेच्न समस्या भएको छ ।
यसअघि गत भदौ १० गते बुधबार आएको बाढीले यसभन्दा केही तल रहेको धवादीघाटको पुल लगेको थियो । सो पुल लगेपछि स्थानीयवासी घ्याल्चोकको पुल भएर वारपार गर्ने गरेका थिए । यो पुल लगेपछि स्थानीयवासीलाई समस्या भएको छ ।
घ्याल्चोक–चरौँदी जोड्ने १३० मिटर लामो पुल छ वर्षअघि मात्र निर्माण भएको स्थानीयको भनाइ छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |