Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित

बाढीको लेदोले थलिएका अस्पताल र विद्यालय ब्युँताउन धादिङमा बृहत् श्रमदान सुरु

१७४३ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार (१२ घण्टा अघि)
बाढीको लेदोले थलिएका अस्पताल र विद्यालय ब्युँताउन धादिङमा बृहत् श्रमदान सुरु

गल्छीको महेशदोभानबाट थालिएको सफाइमा सांसदसहित सयौँ युवा जुटे; आइतबार गजुरी क्षेत्रमा पनि विस्तार गरिने

धादिङ,१३ भदौ । भीषण बाढीले आक्रान्त बनेको धादिङमा हिलो र लेदोले पुरिएका सार्वजनिक संरचना पुनःसञ्चालनका लागि नागरिक स्तरबाट बृहत् श्रमदान अभियान सुरु भएको छ। बाढीका कारण ठप्प बनेका स्वास्थ्य संस्था र विद्यालयहरू तत्काल सुचारु गराउने उद्देश्यका साथ शनिबार गल्छी गाउँपालिकास्थित महेशदोभानबाट संयुक्त सफाइ अभियान थालिएको हो।

बाढीले बस्ती, विद्यालय र अस्पतालहरूका कोठाभित्र दुई तलासम्म लेदो थुपारेको र भित्री भागमा मेसिन प्रयोग गर्न असम्भव भएपछि युवाहरू आफैँ श्रमदानमा होमिएका हुन्। पहिलो दिन गल्छी अस्पताल र बागेश्वरी माध्यमिक विद्यालयभित्र पसेको हिलो पन्छाउन धादिङ, काठमाडौँ, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक तथा स्थानीय क्षेत्रका गरी करिब दुई सय स्वयंसेवकहरू कार्यक्षेत्रमा खटिएका थिए।

गैर-राजनीतिक रूपमा नागरिक सेवा भावले सञ्चालन गरिएको यस अभियानको संयोजन रास्वपा धादिङका सभापति राजन अर्याल र स्थानीय अगुवा कुमार रिमालले गर्नुभएको छ। श्रमदानमा ऐक्यबद्धता जनाउन सांसदहरू प्रभा कार्की, बसुमाया तामाङ र बोधनारायण श्रेष्ठ  समेत भौतिक रूपमै उपस्थित हुनुहुन्थ्यो। युवाहरूको यो स्वतःस्फूर्त अग्रसरतापछि स्थानीय पालिकाले पनि सरसफाइ तथा पुनर्स्थापनामा चासो र सक्रियता देखाएको अर्यालले जानकारी दिनुभयो ।

यो अभियानलाई आइतबार गल्छी र गजुरी दुवै क्षेत्रबाट गलौँदी, फुर्केखोला हुँदै मलेखुसम्म विस्तार गरिने योजना अर्यालको भनाई छ । आईतबार दोस्रो दिनको श्रमदानका लागि काठमाडौँ र दोलखाका युवाहरू तथा डा. कृष्णमान शाक्यको अगुवाइमा विभिन्न संस्थाबाट थप जनशक्ति परिचालन हुँदैछन्।

अस्पताल र विद्यालयजस्ता अत्यावश्यक सेवा छिटो सञ्चालनमा ल्याउनु नै अहिलेको मुख्य दायित्व रहेको उल्लेख गर्दै आयोजकहरूले विपद्को यस कठिन घडीमा हातेमालो गर्न इच्छुक सबैलाई श्रमदानमा जोडिन आह्वान गरेका छन्।

     

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बाढीले बगाएको सेफ तोडफोड गरेको आरोपमा धादिङमा  २९ जना पक्राउ

    बाढीले बगाएको सेफ तोडफोड गरेको आरोपमा धादिङमा २९ जना पक्राउ

  • भोटेकोशी बाढीपछि धादिङको लाखे जात्रा स्थगित

    भोटेकोशी बाढीपछि धादिङको लाखे जात्रा स्थगित

  • धादिङका ११३ जना अझै सम्पर्कविहीन

    धादिङका ११३ जना अझै सम्पर्कविहीन

  • कालोबजारी र कृत्रिम अभाव नगर्न नेत्रावती डबजोङको आग्रह

    कालोबजारी र कृत्रिम अभाव नगर्न नेत्रावती डबजोङको आग्रह

  • समाचार
    बाढीको लेदोले थलिएका अस्पताल र विद्यालय ब्युँताउन धादिङमा बृहत् श्रमदान सुरु

    बाढीको लेदोले थलिएका अस्पताल र विद्यालय ब्युँताउन धादिङमा बृहत् श्रमदान सुरु

    बाढीले बगाएको सेफ तोडफोड गरेको आरोपमा धादिङमा  २९ जना पक्राउ

    बाढीले बगाएको सेफ तोडफोड गरेको आरोपमा धादिङमा २९ जना पक्राउ

    भोटेकोशी बाढीपछि धादिङको लाखे जात्रा स्थगित

    भोटेकोशी बाढीपछि धादिङको लाखे जात्रा स्थगित

    धादिङका ११३ जना अझै सम्पर्कविहीन

    धादिङका ११३ जना अझै सम्पर्कविहीन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0