ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
धादिङ, ११ भदौः रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि धादिङका ७९ जना अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी नीलकण्ठ नगरपालिकाका २३ जना रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सम्पर्कविहीन हुनेमा रुबीभ्याली गाउँपालिकाका १३, धुनीबेँसी नगरपालिकाका १०, बेनीघाट रोराङ गाउँपालिकाका आठ, गल्छी गाउँपालिकाका सात तथा थाक्रे र सिद्धलेक गाउँपालिकाका छ–छ जना रहेका छन् ।
त्यस्तै गजुरी गाउँपालिकाका दुई, नेत्रावती डबजोङ गाउँपालिकाका दुई तथा गङ्गाजमुना र ज्वालामुखी गाउँपालिकाका एक–एक जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ पौडेलले जानकारी दिनुभयो । बुधबार गएको बाढीले धादिङमा पाँच पक्की पुल र १२ झोलुङ्गे पुलमा क्षति पु¥याएको छ । जिल्लामा हालसम्म २५ शव फेला परेको छ । तीमध्ये २० शव व्यवस्थापनका लागि पोखरा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्गसँग सदरमुकाम धादिङबेसीको सडक सम्पर्क प्रभावित बनेपछि सवारीसाधन सञ्चालनका लागि वैकल्पिक मार्ग मर्मतसम्भारको काम भइरहेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार राजमार्ग क्षेत्रमा अवरोध हटाउने तथा सडक मर्मतको काम जारी रहे पनि तत्काल पूर्ण रूपमा राजमार्ग सञ्चालनमा आउन सक्ने छैन । प्रभावित सडक तथा फुर्केखोलामा बेलिब्रिज सञ्चालनका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |