वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदी क्षेत्रमा भएको जनधनको क्षतिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्न ज्वालामुखी गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा–सुविधा उपलब्ध गराउने भएका छन्।
गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सम्पूर्ण जनप्रतिनिधिले आफूले पाउँदै आएको एक महिनाको सेवा–सुविधा विपद् प्रभावितको सहयोगका लागि राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।गाउँपालिका अध्यक्ष यमनाथ दनैका अनुसार बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरिएको हो।
गाउँपालिकाले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
अध्यक्ष दनैले विपद्का समयमा स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा पुनःस्थापनाका काममा आवश्यक सहयोग र समन्वय जारी राखिने उहाँको भनाइ छ।
भोटेकोशीमा आएको बाढी त्रिशूली नदीमा मिसिएपछि नदी तटीय क्षेत्रमा जनधनको क्षति भएको छ। विपद्पछि विभिन्न स्थानीय तह तथा निकायले प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउन थालेका छन्। यस अघि ज्वालामूखीका सवै कर्मचारीले ७ दिन तलव बराबरको रकम राहत कोषमा सहयोग गर्ने घोषणा गरिसकेका थिए ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।