वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन धादिङको ज्वालामूखी गाउँपालिकामा कार्यरत कर्मचारीले सात दिनको तलब बराबरको रकम राहत कोषमा जम्मा गर्ने भएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहका अनुसार पालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले आफूले मासिक रूपमा खाइपाइ आएको तलबबाट सात दिन बराबरको रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेका हुन्।
“विपद्को यो कठिन अवस्थामा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व हो,” प्रमुख प्रशासकीय अधिकृत शाहले भन्नुभयो, “त्यही भावनाअनुसार गाउँपालिकामा आबद्ध कर्मचारीले सात दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेका छौँ।”
बुधबार बिहान करिब ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीको प्रभाव रसुवासँगै नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा समेत परेको छ। बाढीलगत्तै प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका काम अघि बढाइएका छन् भने मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन भइरहेको छ। बाढीका कारण घरबारविहीन तथा जोखिममा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता देखिएको छ।
विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको सम्बन्धित राहत कोषमा आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको थियो। सोही अपिललाई स्वीकार गर्दै ज्वालामूखी गाउँपालिकाका कर्मचारीले सामूहिक रूपमा आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन्। गाउँपालिकाले कर्मचारीबाट सङ्कलित रकम एकमुष्ट रूपमा सम्बन्धित कोषमा जम्मा गर्ने जनाएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।