कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङबेशी,२४ साउन । नेपाल ज्योतिष परिषद् धादिङको तेस्रो जिल्ला अधिवेशनले विष्णु न्यौपानेलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शनिबार गल्छी गाउँपालिका–६ स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न अधिवेशनले न्यौपानेको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल ज्योतिष परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले वैदिक सनातन परम्परामा ज्योतिष शास्त्रलाई महत्वपूर्ण अंगका रूपमा लिइने बताउनुभयो । समय र कर्मबीच अन्तरसम्बन्ध रहने उल्लेख गर्दै उहाँले विभिन्न कर्मका लागि उचित समय निर्धारणमा ज्योतिष शास्त्रको भूमिका रहेको धारणा राख्नुभयो ।
परिषद्का केन्द्रीय उपमहासचिव डा. दीपक शर्मा दाहालले ज्योतिष शास्त्रको अध्ययन तथा अध्यापन विस्तार गर्दै राष्ट्रियस्तरमा तालिम सञ्चालन र विषयगत एकरूपता कायम गर्न परिषद् क्रियाशील रहेको बताउनुभयो । बागमती प्रदेश अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले प्रदेशका सबै जिल्लामा ज्योतिष अध्ययनको पहुँच विस्तार गर्न सकिने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले ज्योतिष शास्त्रको मर्यादा, शास्त्रीय मान्यता र अध्ययन–अनुसन्धानलाई प्राथमिकता दिँदै परिषद्का गतिविधि अघि बढाउने प्रतिबद्धता जनाउनु भएको छ ।
सचिव रामहरि सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा परिषद्का बागमती प्रदेशका निवर्तमान वरिष्ठ उपाध्यक्ष वासुदेव वत्सलगायतले ज्योतिष शास्त्रको महत्व र संगठन विस्तारका विषयमा धारणा राख्नुभएको थियो ।
अधिवेशनका अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको आयोजकले जनाएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।