ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
लायन राजाराम रिजाल सम्मानित
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङबेशी,२४ साउन । धादिङबेसीबाट नेपाल बार एसोसिएसन धादिङको साधारण सभामा सहभागी हुन १८ जना कानून व्यवसायी लिएर बेनिघाट रोराङ गाउँपालिका–८ चैलिङतर्फ जाँदै गरेका ईभी हाइसका चालक मिननारायण श्रेष्ठको बाटोमै स्वास्थ्यमा अचानक समस्या आएपछि निधन भएको छ । असहज महसुस हुनासाथ श्रेष्ठले सवारी सुरक्षित रूपमा रोकेका कारण यात्रुहरू सकुशल भएका हुन् ।
बा प्र ०१–००६६ ख ८६१६ नम्बरको ईभी हाइस चलाइरहेका सिद्धलेक गाउँपालिका वडा न ३ निवासी ५० वर्षीय श्रेष्ठ शनिबार धादिङबेसीबाट चैलिङ सामुदायिक होमस्टेतर्फ जाँदै थिए । चैलिङ नजिकै बिदाङ पुगेपछि होमस्टेतर्फको बाटो सोधेर करिब ५० मिटर अगाडि बढेका श्रेष्ठले आफूलाई असहज महसुस भएपछि तत्काल सवारी रोकेका थिए । त्यसलगत्तै चालक सिटमै उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।
सवारीमा रहेका कानून व्यवसायी र स्थानीयले श्रेष्ठलाई बाहिर निकालेर प्राथमिक उपचार गर्ने प्रयास गरेका थिए । खबर पाएपछि पुगेका स्वास्थ्यकर्मीले समेत कृत्रिम श्वासप्रश्वास तथा छाती थिचेर बचाउने प्रयास गरेका थिए । त्यसपछि एम्बुलेन्समार्फत अस्पताल पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । श्रेष्ठलाई हृदयघात भएको प्रारम्भिक जानकारी आएको भए पनि मृत्युको आधिकारिक कारण खुलिसकेको छैन ।
कानून व्यवसायी दिनेश दुवाडीका अनुसार असहज महसुस हुनासाथ श्रेष्ठले सवारी रोकेकाले सम्भावित दुर्घटना टरेको हो । सवारीमा टंककुमार श्रेष्ठसहित रामचन्द्र भट्ट, रामकृष्ण अधिकारी, खिल गिरी, विश्वराज अधिकारी, गोपी अर्याल, अम्बिका घिमिरे, दिनेश दुवाडी, विनोदमान श्रेष्ठ, पुष्पविक्रम मल्ललगायत १८ जना कानून व्यवसायी सवार थिए ।
नेपाल बार एसोसिएसन धादिङका कानून व्यवसायी तथा शुभेच्छुकहरूले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |