ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
लायन राजाराम रिजाल सम्मानित
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङबेशी,२४ साउन । धादिङ जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट निर्वाचित भएका छन् । शनिबार बेनिघाट रोराङ गाउँपालिका–७, चैलीङ्ग सम्पन्न एसोसिएसनको ३८ औँ वार्षिक साधारणसभा तथा २१ औँ अधिवेशनले भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा अधिवक्ता रामकृष्ण अधिकारी, सचिवमा अधिवक्ता खिल गिरी, कोषाध्यक्षमा अधिवक्ता गोपी अर्याल र सह–सचिवमा अधिवक्ता अम्बिका घिमिरे निर्वाचित भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यमा अधिवक्ता विश्वराज अधिकारी, टंककुमार श्रेष्ठ र दिनेश दुवाडी चयन भएका छन् । धादिङ जिल्ला अदालत बार एसोसिएसन जिल्लामा क्रियाशील कानून व्यवसायीहरूको पेशागत संस्था हो ।
नयाँ कार्यसमितिले कानून व्यवसायीको पेशागत हकहित, न्यायिक क्षेत्रसँगको समन्वय तथा बार र बेन्चबीचको सम्बन्धलाई प्रभावकारी बनाउने विषयमा काम गर्ने अपेक्षा गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |