Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ५, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

१५८७ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण ५, मंगलबार (८ घण्टा अघि)
नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

धादिङ,४ साउन
लगातारको वर्षापछि धादिङको नीलकण्ठ नगरपालिका–२ भुलभुले क्षेत्रमा गएको पहिरोले चार परिवार विस्थापित भएका छन्। पहिरोका कारण धादिङबेसीमा खानेपानी ल्याइने मुख्य पाइपलाइन फुट्दा करिब २ हजार ५ सय घरधुरीमा खानेपानी वितरण पूर्ण रूपमा अवरुद्ध हुने भएको छ। खानेपानीको पाईप नै पहिरोले बगाएपछि बजार क्षेत्रमा खानेपानीको समस्या हुने भएको हो।


स्थानीयका अनुसार पँधेरो खोल्चा डाँडा क्षेत्रमा डाँडा नै चिरिएर बग्न थालेपछि बस्ती उच्च जोखिममा परेको हो। पहिरोले दिलबहादुर गुरुङको घर पूर्ण रूपमा पहिरोभित्र परिसकेको छ भने गोविन्द श्रेष्ठ, हिराबहादुर श्रेष्ठ र अमृत गुरुङका घरसमेत चर्किएर बस्नै नहुने भएको छ।
पहिरोका कारण गाउँको करिब २ सय रोपनी खेतीयोग्य जमिन समेत पहिरोमा परेको छ । धादिङबेसीमा खानेपानी आपूर्ति गर्ने मुख्य पाइपलाइन पँधेरो धाराको डाँडामा फुटेपछि सदरमुकामका करिब २ हजार ५ सय घरधुरी खानेपानीबाट वञ्चित भएका छन्।
पहिरोले प्रदेश सरकार र नीलकण्ठ नगरपालिकाको साझेदारीमा निर्माण गरिएको करिब ६ सय घनमिटर

क्षमताको तारजाली संरचना पनि बगाएको छ। उक्त संरचनामा प्रदेश सरकारबाट करिब ६५ लाख रुपैयाँ लगानी गरिएको थियो।
स्थानीय भरतबहादुर गुरुङका अनुसार भुलभुले गाउँको माथिल्लो भाग मात्र होइन, नेवार खोल्चा क्षेत्रबाट पनि पहिरो खसिरहेको छ। दुई गाउँको बीचमा रहेको बस्तीका थप घरहरू समेत जोखिममा परेकाले तत्काल संरक्षणको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।
पहिरो प्रभावित क्षेत्रकानीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना, उपप्रमुख दीपक विक जिल्ला प्रहरी कार्यालय धादिङ तथा नीलकण्ठ खानेपानी तथा स्वच्छता व्यवस्थापन बोर्डका अध्यक्ष शिव अधिकारीलगायतको टोलीले स्थलगत अवलोकन गरेको छ।

नगर प्रमुख भीम प्रसाद ढुंगानाले तत्काल नागरिकहरुको जीउ धनको रक्षा गर्न र खानेपानी वितरणलाई सहज बनाउन नगरपालिकाले काम गर्ने बताउनुभयो । प्रदेश तथा संघ सरकारसँग समन्वय तथा दातृ निकायसँग सहकार्य गरेर काम गर्ने समेत स्पष्ट पार्नुभयो ।अनुगमनपछि जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले जोखिममा रहेको बस्ती संरक्षण, खानेपानी सेवा पुनः सञ्चालन तथा दीर्घकालीन पहिरो नियन्त्रणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।स्थानीयवासीले भने वर्षा निरन्तर भइरहेकाले पहिरो थप फैलिन सक्ने भन्दै तत्काल राहत, सुरक्षित स्थानमा स्थानान्तरण तथा स्थायी संरक्षणका उपाय अविलम्ब कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

    फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0