वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी,४ साउन । गजुरी गाउँपालिका–६ स्थित आदामघाट र गल्छी गाउँपालिका–२ को बेलिनटार जोड्ने झोलुङ्गे पुलको पूर्वतर्फ रहेको लठ्ठामा पहिरोले थिच्दा पुलमा आंशिक क्षति पुगेको छ। पहिरोका कारण पुल ढल्किएपछि सर्वसाधारणको आवतजावत जोखिमपूर्ण बनेको छ।
पुलको अवस्था निरीक्षण तथा थप क्षति न्यूनीकरणका लागि धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्का र गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठसहितको टोली घटनास्थल पुगेको छ।
पहिरोले पुलको लठ्ठामाथि थुपारेको माटो हटाउन गजुरी गाउँपालिकाको दमकलबाट उच्च चापमा पानी प्रयोग गरिएको छ। पुलको लठ्ठा पुनः माथि उकास्ने तथा संरचनालाई थप क्षति हुनबाट जोगाउने काम पनि अघि बढाइएको छ।
उद्धार तथा मर्मतसम्बन्धी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदामघाट, गजुरीस्थित भैरवनाथ गणको नेपाली सेना र गजुरी गाउँपालिकाको संयुक्त टोली परिचालन गरिएको छ।
गजुरी गाउँपालिकाले पुलमा थप क्षति हुन नदिन, जोखिम न्यूनीकरण गर्न तथा सर्वसाधारणको आवतजावत यथाशीघ्र सहज र सुरक्षित बनाउन सम्बन्धित निकायसँग समन्वय गरी तत्काल आवश्यक पहल भइरहेको जनाएको छ।
पुल पूर्ण रूपमा सुरक्षित नभएसम्म आवतजावत गर्दा विशेष सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।