धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
धादिङ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १०औँ वार्षिकोत्सवका अवसरमा धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित आमाको माया छात्रावासलाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको छ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रावासमा आश्रित बालबालिकाको दैनिक जीवनयापन र छात्रावास सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले सामग्री हस्तान्तरण गरेको जनाएको छ।
सहयोग सामग्री ग्रहण गर्दै आमाको माया छात्रावासका अध्यक्ष डा. नवीनबन्धु पहाडीले संस्थाको सहयोगले छात्रावास सञ्चालनमा टेवा पुग्ने बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगका लागि सम्पदा लघुवित्तप्रति धन्यवाद व्यक्त गरे।
सम्पदा लघुवित्तका शाखा प्रमुख रोमन सिलवालले संस्थाले देशभर १५५ शाखा तथा धादिङमा आठ शाखामार्फत वित्तीय सेवा प्रवाह गर्दै आएको जानकारी दिए। वित्तीय संस्थाले व्यावसायिक कारोबारसँगै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्नुपर्ने भएकाले वार्षिकोत्सवका अवसरमा छात्रावासलाई सहयोग गरिएको उनको भनाइ थियो।
संस्थाको धादिङ शाखाका हेमन्त भट्टले नीलकण्ठ नगरपालिका–४ मा रहेको शाखाले सोही वडामा सञ्चालित छात्रावासलाई सहयोग गर्न पाएको बताए। स्थानीय समुदायसँगको सहकार्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने उनले जानकारी दिए।
छात्रावास व्यवस्थापन समितिका सदस्य कृष्णबद्री पौडेलले व्यक्ति तथा संस्थाले आफ्नो आम्दानीको केही हिस्सा सामाजिक सेवामा खर्च गर्दा समुदायमा सकारात्मक प्रभाव पर्ने बताए।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |