Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १९, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

३०६९ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १९, शुक्रबार (१८ घण्टा अघि)
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

 

धादिङ,१९ असार
नीलकण्ठ नगरपालिकाले सञ्चालन गर्दै आएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमलाई अझ प्रभावकारी, समन्वयात्मक र नागरिकमैत्री बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धादिङसँग समन्वय बैठक सम्पन्न गरेको छ।नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम), सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई, कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक मञ्जु मगर, सामी कार्यक्रम कार्यान्वयन साझेदार हेल्भेटासका कार्यक्रम अधिकृत भोजराज सुनुवार, नगरपालिकाका शाखा प्रमुखहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा सामी कार्यक्रमका संयोजक तथा अधिवक्ता दिनेश दुवाडीले कार्यक्रमको हालसम्मको कार्यप्रगति, उपलब्धि तथा आगामी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो। सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जाने इच्छुक युवाहरूलाई सुरक्षित, व्यवस्थित र सूचनामा आधारित निर्णय लिन सहयोग पुग्ने गरी विभिन्न सेवा तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ।कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारसम्बन्धी सही सूचना तथा परामर्श सेवा, कानुनी सहायता र न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता अभिवृद्धि, सुरक्षित वैदेशिक रोजगारसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा आवश्यक समन्वयात्मक सेवाहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। यी सेवाले वैदेशिक रोजगारमा जानुअघि आवश्यक जानकारी प्राप्त गर्न, ठगी तथा जोखिमबाट बच्न र विदेशबाट फर्किएपछि पुनःस्थापनामा समेत सहयोग पुग्ने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले जानकारी दिनुभयो ।

बैठकमा सहभागीहरूले सुरक्षित आप्रवासनका क्षेत्रमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप सुदृढ बनाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। सहभागीहरूले वैदेशिक रोजगारका क्रममा हुने ठगी, शोषण तथा विभिन्न समस्यालाई न्यूनीकरण गर्न सबै निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सामी कार्यक्रमले सञ्चालन गरिरहेका गतिविधि अत्यन्तै सकारात्मक र नागरिकको प्रत्यक्ष हितसँग जोडिएका रहेको बताउनुभयो। उहाँले सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्न सूचना, परामर्श, कानुनी सहायता तथा मनोसामाजिक सहयोग जस्ता सेवाहरू प्रभावकारी रहेको उल्लेख गर्दै नीलकण्ठ नगरपालिकाले कार्यक्रममार्फत गरिरहेको कार्य उदाहरणीय रहेको धारणा व्यक्त गर्नुभयो।

बैठकले आगामी दिनमा सामी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायबीच निरन्तर समन्वय र सहकार्यलाई सुदृढ गर्ने विषयमा छलफल भएको साथै । साथै, वैदेशिक रोजगारमा जाने युवाहरूलाई सुरक्षित, मर्यादित र सूचनामा आधारित सेवा उपलब्ध गराउन संयुक्त प्रयासलाई निरन्तरता दिने निष्कर्ष निकालिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

  • जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

  • लायन्स क्लब अफ धादिङ मण्डलीद्वारा विद्यार्थीलाई कपडा वितरण

    लायन्स क्लब अफ धादिङ मण्डलीद्वारा विद्यार्थीलाई कपडा वितरण

  • समाचार
    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0