धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१३ असार
धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको दुई महिने सिलाइ–कटाइ तालिम सम्पन्न भएको छ। गाउँपालिकाको महिला सीपमूलक तालिम कार्यक्रमअन्तर्गत २०८३ वैशाख १३ गतेदेखि सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो।
तालिममा गाउँपालिकाको वडा नम्बर १ र २ का २१ जना महिलाको सहभागिता रहेको थियो। तालिमपछि सहभागीहरू कुर्ता, भोटो, टोपी, सर्ट, पाइन्ट, चोलोलगायत विभिन्न पोशाक सिलाउन सक्षम भएका छन् ।
समापन समारोहमा सहभागी महिलाहरूले स्वागत गीतमार्फत आगामी दिनमा उन्नत (एडभान्स) सिलाइ–कटाइ तालिम सञ्चालन गर्न गाउँपालिकासँग आग्रह गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नेत्रावती डबजोङ गाउँपालिकाका प्रवक्ता ठाकुर गुरुङले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस्ता सीपमूलक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। उहाँले तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्दै स्वरोजगार र आयआर्जनका गतिविधिमा सक्रिय हुन सहभागीहरूलाई आग्रह गर्नुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |