धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१० असार
त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा कर्मचारीहरूले नियमित रूपमा कामकाज गरिरहेको समयमा मदिरा सेवन गरी कार्यालय बाहिरबाट ताला लगाई कामकाजमा अवरोध पु¥याउने एक व्यक्ति पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार त्रिपुरासुन्दरी गाउँपालिका–३ निवासी ४४ वर्षीय सुरेन्द्र वाँडाले आज बिहान गाउँपालिकाको कार्यालयमा पुगेर भुक्तानीसम्बन्धी विषयमा विवाद सिर्जना गरेका थिए। उनले कर्मचारीहरूलाई गालीगलौज गर्ने, धम्की दिने तथा अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार केही समयपछि मदिरा सेवन गरेका वाँडाले कार्यालय बाहिरबाट ताला र चाबी लगाई गाउँपालिकाको लेखा शाखामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको कामकाजमा अवरोध पु¥याएका थिए। उक्त घटनापछि गाउँपालिकाले कानुनी कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएको थियो।घटनामा संलग्न बाँडालाई प्रहरीले आजनै पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक कार्यालयको कामकाजमा अवरोध पु¥याउने तथा कानुनविपरीत गतिविधि गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |