Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

३७१९ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ६, शनिबार (१ महिना अघि)
ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

धादिङबेशी, ६ असार । धादिङको ज्वालामूखी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट सर्वसम्मतिले पारित भएको छ । गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले गाउँसभाको १७ औँ अधिबेशनमा प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष धर्म बहादुर अर्यालद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको कुल ५७ करोड ९० लाख ५२ हजार २ सय रुपैयाँको बजेट, आर्थिक ऐन र विनियोजन ऐन गाउँसभाको बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो ।

“शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार : समृद्ध ज्वालामूखीको मूल आधार” भन्ने दीर्घकालीन सोँचसहित ल्याइएको यस नीति तथा कार्यक्रमले पालिकाको सामाजिक, आर्थिक र मानवीय विकासमा गुणात्मक सुधार गर्ने लक्ष्य राखेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको कुल ५७ करोड ९० लाख ५२ हजार २ सय रुपैयाँ बजेटमध्ये चालुतर्फ ४३ करोड ७५ लाख २ हजार २ सय रुपैयाँ र पूँजीगततर्फ १४ करोड १५ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।

क्षेत्रगत रूपमा पूर्वाधार विकासतर्फ सबैभन्दा बढी १४ करोड १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी सामाजिक विकासतर्फ ५ करोड १० लाख २३ हजार २ सय रुपैयाँ, कार्य सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ८ करोड १५ लाख ७९ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ९९ लाख ५० हजार रुपैयाँ र सुशासन तथा अन्तर–सम्बन्धित क्षेत्रतर्फ ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि गाउँपालिकालाई संघीय सरकारबाट समानीकरण अनुदान १२ करोड ९१ लाख, सशर्त अनुदान २२ करोड ९६ लाख, विशेष अनुदान १ करोड ३१ लाख र समपूरक अनुदान ५० लाख गरी कुल ३७ करोड ६८ लाख रुपैयाँ प्राप्त भएको छ ।

त्यस्तै, बागमती प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड १९ लाख ६६ हजार, सशर्त अनुदान २ करोड १ लाख ७७ हजार ९ सय, विशेष अनुदान ७० लाख र समपूरक अनुदान २ करोड गरी कुल ६ करोड ७ लाख ४५ हजार रुपैयाँ प्राप्त भएको छ । गाउँपालिकाले संघीय राजस्व बाँडफाँडबाट ८ करोड ८६ लाख ३७ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २ करोड ९८ लाख ९४ हजार ९ सय २० रुपैयाँ र आन्तरिक स्रोतबाट २ करोड २९ लाख रुपैयाँ संकलन हुने अनुमान गरेको छ ।

स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन पालिकाले “कोखदेखि शोकसम्म ज्वालामूखी सरकार“ को नारा अघि सारेको छ । यसअन्तर्गत मृत्यु संस्कार (काजक्रिया) खर्चबापत ५ हजार रुपैयाँ सहायता दिने नीति लिइएको छ । मुटुरोग, मिर्गौला रोग, क्यान्सर, स्पाइनल कर्ड इन्जुरी र कडा मानसिक रोगजस्ता ५ किसिमका जटिल रोगका बिरामीलाई १० हजार रुपैयाँ उपचार सहयोग दिने कार्यक्रमलाई निरन्तरता दिइएको छ । साथै, १५ शय्याको आधारभूत अस्पताल सञ्चालन, गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा तथा ’अध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ लाई निरन्तरता दिइने भएको छ । अस्वस्थकर खानपान नियन्त्रणका लागि ’३ च’ (चाउचाउ, चकलेट, चुइगम) निषेध तथा पत्रु खाना न्यूनीकरण अभियानलाई थप व्यवस्थित बनाइने नीतिमा उल्लेख छ । लिफ्ट तथा डिप बोरिङ प्रविधिको खानेपानी प्रयोग गर्ने उपभोक्तालाई मासिक पानी महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले आधुनिक प्रविधिको प्रयोगमा ठूलो फड्को मार्ने नीति लिएको छ । गाउँपालिकाका सामुदायीक बिद्यालयमा बालबालिकालाई ल्याउ टिकाउ सिकाउ र विकाउ भन्ने अभियान संचालन साथै सिक्दै कमाउँदै कमाउँदै सिक्दै र पढाई संगै सिप कार्यक्रमलाई ब्यवस्थित बनाईने भएको छ । शिक्षकहरुलाई कृत्रिम बौद्धिकता (AI), सुचना प्रविधिमैत्री नीति लिई शिक्षक प्रशिक्षण र क्षमता बिकासमा जोड दिईने छ । एसईई (SEE) परीक्षामा शतप्रतिशत ग्रेड ल्याउने विद्यालयलाई २ लाख रुपैयाँ प्रोत्साहन अनुदान दिइनेछ ।

विद्यार्थीहरूको दुर्घटना बीमा, ’एक विद्यालय एक नर्स’ कार्यक्रमलाई ब्यवस्थित र शिक्षिका सुत्केरी बिदामा बस्दा सट्टा शिक्षकको व्यवस्था गर्ने नीति पालिकाले लिएको छ । नवप्रवर्तन, अनुसन्धान र विकासका लागि छुट्टै कोषको स्थापना गरिने नीतिमा समेटिएको छ ।

कृषि उत्पादन वृद्धि गर्न भूमि बैंकको अवधारणा लागू गरी करार खेती र चक्लाबन्दी खेतीलाई प्रोत्साहन गरिनेछ । स्थानीय रैथाने उत्पादनहरू जस्तै– दुग्धजन्य पदार्थ, कफी, सुन्तला, सख्खरखण्ड र पिँडालुको प्रवद्र्धनका लागि “उत्पादन हातमा, अनुदान साथमा“ कार्यक्रम सञ्चालन गरिनेछ । बाँदर र वन्यजन्तु नियन्त्रणका लागि प्राकृतिक उपायहरू अपनाउँदै बाँदरले नष्ट नगर्ने बाली (खुर्सानी, अदुवा, बेसार आदि) खेती गर्न कृषकलाई प्रोत्साहित गरिनेछ । एक घर एक करेसावारी,बाह्रै महिना भान्सामा हरियो तरकारी भन्ने नाराका साथ करेसावारीको स्थापना तथा प्रयोग,बेमौसमी बाली,फलफुल,मौरीपालन र पशुपालनलाई प्राथमिकता दिने निति लिएको छ ।

सुशासन र कर्मचारी उत्प्रेरणाका लागि गाउँपालिकामा कार्यरत स्थायी तथा अन्य सेवाका कर्मचारीहरुको आधारभूत तलबमानमा १० प्रतिशत वृद्धि भएको तलव तथा संघीय निर्देशिका बमोजिम थप १० प्रतिशत प्रोत्साहन भत्ता प्रदान गरिने भएको छ । स्थायी कर्मचारीलाई मासिक खाजा खर्चको व्यवस्था गरिएको छ । करारका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । यसैगरी, पालिकाभित्रका सम्पूर्ण आवासीय घरहरूको घरधनीसँगको साझेदारीमा ’घर जोखिम बीमा कार्यक्रम’ चालु आर्थिक वर्षदेखि नै लागू गर्ने गरी कानुनी संरचना तयार गरिने भएको छ ।

ज्वालामूखी गाउँपालिकाले गाउँसभाको अवसरमा विभिन्न क्षेत्रबाट उत्कृष्ट कार्यसम्पादन गरेका १९ जनालाई सम्मान गरि प्रोत्साहन र सम्मानको सन्देश पनि दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

  • लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

  • बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

  • धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

  • समाचार
    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0