नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ६, बिहिबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
  • धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
मुख्य समाचार
ताजा समाचार

नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • २०८३ अषाढ ५, शुक्रबार
  • ४ महिना अघि
  • ७ मिनेट पढाइ
  • ६१६३ पटक पढिएको
नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

धादिङ,५ असार
नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित उक्त प्रदर्शनीमा नगरपालिका क्षेत्रभित्रका विद्यालयका विद्यार्थीहरूले आफैँ तयार पारेका रचनात्मक तथा प्रयोगात्मक सामग्रीहरू प्रदर्शनमा राखिएको थियो ।विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने र सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूप दिने उद्देश्यले आयोजित यस प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूको बाक्लो उपस्थिति रहेको थियो।


प्रदर्शनीको अवलोकन नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दीपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, वरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट, सहायक शिक्षा अधिकृत कृष्णप्रसाद लम्साल तथा स्रोत व्यक्ति मेघनाथ कोइराला लगायतका सरोकारवालाहरूले गर्नुभएको थियो ।अवलोकनका क्रममा अतिथिहरूले विद्यार्थीहरूले बनाएका विज्ञान, प्रविधि, कला र स्थानीय संस्कृति झल्काउने सामग्रीहरूको रुचिपूर्वक निरीक्षण गर्नुभएको थियो।

अवलोकन पश्चात नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दीपक विश्वकर्माले विद्यार्थीहरूको सिर्जनशीलताको उच्च प्रशंसा गर्नुभयो । उप–प्रमुख विश्वकर्माले भन्नुभयो, “किताबी ज्ञानमा मात्र सीमित नभएर विद्यार्थीहरूले दैनिक जीवनमा उपयोगी हुने र वैज्ञानिक सोच झल्काउने यस्ता उत्कृष्ट सामग्रीहरू निर्माण गर्नु गौरवको विषय हो ।नगरपालिकाले आगामी दिनमा पनि विद्यार्थीहरूको यस्तो प्रतिभालाई प्रोत्साहन गर्न र विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार्न आवश्यक बजेट तथा कार्यक्रम ल्याउन कुनै कसर बाँकी राख्ने छैन ।“यस्तै, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले शिक्षालाई प्रविधिसँग जोड्नु आजको आवश्यकता रहेको औँल्याउनुभयो । कँडेलले भन्नुभयो, “गोठमा भएका रैथाने प्रविधिदेखि आधुनिक विज्ञानका अवधारणालाई विद्यार्थीहरूले जसरी प्रदर्शनीमा उतारेका छन्, यसले हाम्रो शिक्षण सिकाइ पद्धति सही दिशामा अघि बढिरहेको सङ्केत गर्छ ।

सिकाइलाई रमाइलो र प्रयोगात्मक बनाउन यो प्रदर्शनी निकै फलदायी देखिएको छ ।“कार्यक्रमको उद्देश्य र प्रभावकारिताबारे प्रस्ट पार्दै वरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्टले भन्नुभयो, “हामीले विद्यार्थीहरूमा लुकेर रहेको सिर्जनात्मक क्षमता बाहिर ल्याउन र एक–अर्काको विद्यालयको सिकाउने शैली आदानप्रदान होस् भनेर यो पालिका स्तरीय प्रदर्शनी आयोजना गरेका हौँ । विद्यार्थीहरूको यो उत्साहले हामीलाई भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ परिष्कृत रूपमा निरन्तरता दिन ऊर्जा मिलेको छ ।“त्यसै गरी, सहायक शिक्षा अधिकृत कृष्णप्रसाद लम्साल र स्रोत व्यक्ति मेघनाथ कोइरालाले पनि विद्यार्थीहरूको लगनशीलता र शिक्षकहरूको मार्गदर्शनको सराहना गर्दै प्रदर्शनीले नगरपालिकाको समग्र शैक्षिक विकासमा एउटा नयाँ इँटा थपेको धारणा राख्नुभएको थियो ।

प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले आफूले निर्माण गरेका सामग्रीहरूका बारेमा अवलोकनकर्ताहरूलाई विस्तृत जानकारी गराएका थिए । सहभागी एक विद्यार्थीले आफ्नो अनुभव सुनाउँदै भनिन्, “हामीले कक्षाकोठामा पढेका कुराहरूलाई यसरी आफैँले सामग्री बनाएर प्रदर्शन गर्न पाउँदा निकै खुसी लागेको छ । यसले हाम्रो आत्मविश्वास अझ बढाएको छ ।“नगरपालिका भित्रका मावि स्तरीय विद्यालयहरूबीच सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको यस प्रदर्शनीलाई स्थानीय बुद्धिजीवी र अभिभावकहरूले समेत निकै सकारात्मक कदमका रूपमा लिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

५ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

५ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

५ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

६ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

६ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

१ हफ्ता अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

१ हफ्ता अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0