धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ, २८ जेठ ।
पतन्जली योग समिति धादिङको आयोजनामा आगामी जेठ ३० र ३१ गते योग शिविर हुन लागेको छ । निलकण् नगरपालिका वडा नम्बर –३ स्थित पुछार बजारमा दुई दिने ’रोग विशेष योग शिविर’ सञ्चालन हुने भएको छ ।पुछार बजारमा रहेको किबो बोर्डिङ स्कूलको प्राङ्गणमा आयोजना हुने उक्त शिविरमा विभिन्न रोगबाट ग्रसित नागरिकहरूलाई लक्षित गरी विशेष योग प्रशिक्षण दिइने पतन्जली योग समिति धादिङका प्रभारी बद्री सुवेदीले जानकारी दिनुभयो ।शिविरमा पतन्जली योग समिति बागमती प्रदेशका प्रमुख एव रोग विशेष योग गुरु ग्रोबिन तौजल र प्रदेश महामन्त्री एवं रोग विशेष योग गुरु सुधा कलौनीले प्रत्यक्ष रूपमा योग प्रशिक्षण तथा परामर्श प्रदान गर्नुहुनेछ ।
विभिन्न किसिमका पुराना तथा जटिल स्वास्थ्य समस्याहरूलाई योग र प्राकृतिक चिकित्साको माध्यमबाट कसरी निको पार्न सकिन्छ भन्नेबारे शिविरमा विशेष प्रशिक्षण दिइने समितिले जनाएको छ ।शिविरमा ढाड तथा कम्मरको दुखाई,सुगर प्रेसर र थाईराईड रोग विशेष योग शिविर हुनेछ । जेठ ३० र ३१ गते दुई दिनसम्म चल्ने उक्त शिविरमा स्वास्थ्य लाभ लिनका लागि धादिङबेसी तथा आसपासका क्षेत्रका सम्पूर्ण योग प्रेमी तथा बिरामी आम नागरिकहरूलाई गरिमामय उपस्थितिको लागि पतन्जली योग समिति धादिङले हार्दिक अनुरोध गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |