Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

१२७५ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ २४, आईतबार (२ घण्टा अघि)
सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ८ मा स्थानीयबासीलाई स्वरोजगार बनाउने उद्देश्यका साथ सञ्चालित विभिन्न सीपमूलक तालिमहरू शनिबार एक भव्य समारोहका बीच सम्पन्न भएका छन्। वडाकै आफ्नै तालिम केन्द्रमार्फत सञ्चालन गरिएका तीनवटा प्रमुख तालिमहरूबाट यस पटक ६५ जना प्रशिक्षार्थीहरू दीक्षित भएका हुन्। हाल सम्म ६ सय जनाले विभिन्न सिपहरु सिकेर दीक्षित भएका छन् ।

तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले स्थानीय स्तरमा सञ्चालन गरिने यस्ता व्यावहारिक तालिमहरूले नगरको आर्थिक विकासमा ठूलो टेवा पु¥याउने बताउनुभयो। नगर प्रमुख ढुङ्गानाले भन्नुभयो, “स्थानीय सरकारको मुख्य प्राथमिकता नै नागरिकलाई आत्मनिर्भर र स्वावलम्बी बनाउनु हो। वडाले आफ्नै तालिम केन्द्र स्थापना गरेर जुन उदाहरणीय कार्य गरेको छ, यसले नगरलाई उद्यमशीलता तर्फ अघि बढाउन मद्दत गर्छ। यहाँ सिकेको सीपलाई केवल प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावसायिक रूपमा प्रयोग गर्न म सबै सहभागीहरूलाई आग्रह गर्दछु। तपाईँहरू उद्यमी बन्नुहोस्, नगरपालिका आवश्यक परेको सहयोग र समन्वय गर्न सधैँ तयार छ।“

सामाजिक विकास कार्यालय, गजुरीको सहयोग तथा ‘सिद्धिविनायक टेक्निकल ट्रेनिङ सेन्टर प्रा.लि.’ को आयोजनामा सम्पन्न भएको यस कार्यक्रममा विभिन्न विधाका ६५ जना सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। जसअन्तर्गत बजारमा माग बढ्दै गएको वारिस्टा अर्थात् कफी बनाउने तालिममा २० जना र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित होमस्टे तालिममा २० जना सहभागी भएका थिए। यसैगरी, आधुनिक प्रविधिसँग जोडिनका लागि सञ्चालन गरिएको २२० घण्टाको आधारभूत कम्प्युटर तालिममा २५ जना स्थानीय युवाहरूले सफलतापूर्वक सीप हासिल गरेका छन्।वडामा सीप विकासका लागि छुट्टै तालिम केन्द्र स्थापना गरी सञ्चालन गर्न, आवश्यक कम्प्युटर व्यवस्थापन गर्न तथा तालिम हलको सुदृढीकरणमा ‘अनन्त आशा नेपाल’ ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। कार्यक्रमका सभापति एवं वडाध्यक्ष प्रकाश कुमार श्रेष्ठले अनन्त आशा नेपालको सो योगदानको विशेष प्रशंसा गर्नुभयो। यो अभियानलाई सफल बनाउन नीलकण्ठ नगरपालिका, रामकोट माध्यमिक विद्यालय तथा अन्य सहयोगी संघ–संस्थाहरूको समेत बलियो समन्वय रहेको थियो।

वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो गरिमामय कार्यक्रममा उप–प्रमुख दीपक विश्वकर्मा, नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी र फेडेन धादिङका अध्यक्ष शिवहरी अधिकारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उप मेयर दिपवक विश्वकर्मा र नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारीले सिप सिकेर व्यवसायी बन्नको लागि आग्रह गर्नुभएको थियो । युवाहरुलाई देशमै स्वरोजगार बनाउन सकिए बैदेशिक रोजगारमा जाने युवाहरुमा कमी आउने भन्दै उहाँहरुले देशमै केहि गर्नको लागि आग्रह गर्नुभयो । साथै स्थानीय सरकारले युवाहरुलाई देशमै रोक्ने उदेश्यले मेयर उद्यमशीलता जस्ता कार्यँक्रम सन्चालन गरीरहेको बताउनुभयो । आफ्नै गाउँ–ठाउँमा आधुनिक प्रविधि र व्यावसायिक सीप सिक्न पाएपछि तालिममा सहभागी प्रशिक्षार्थीहरू स्वरोजगार बन्न थप उत्साहित देखिएका छन्। नीलकण्ठ नगरपालिका र सहयोगी संस्थाहरूको यो सहकार्यले नीलकण्ठ–८ लाई नमुना सीप विकास केन्द्रको रूपमा स्थापित गर्दै लगेको सहभागीहरूले बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

  • नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • समाचार
    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0