नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी,१३ बैशाख । ९९ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा धादिङमा राष्ट्रिय फोटो पत्रकार समूह धादिङको आयोजनामा शुभकामना र अनुभव आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमकै अवसरमा नेपाल राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) धादिङले ८२ वर्षीय अग्रज फोटोग्राफर महेन्द्र डल्लाकोटीलाई सम्मान गरेको छ । बेनीघाट रोराङ गाउँपालिका–१० निवासी डल्लाकोटीलाई फोटो पत्रकारितामा पु¥याउनुभएको दीर्घ योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
विगत ६ दशकदेखि फोटोग्राफी क्षेत्रमा सक्रिय डल्लाकोटीले कार्यक्रममा आफूले प्रयोग गर्दै आउनुभएको दुईवटा पुराना क्यामेरा एनएफपीजे धादिङलाई हस्तान्तरण गर्दै लामो फोटोग्राफी यात्राका अनुभवहरू सुनाउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिलवालले पत्रकारितासँग सम्बन्धित संस्थाहरूलाई अझ सशक्त बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभएको छ । उहाँले फोटो पत्रकार समूह, फोनिज तथा अन्य पत्रकारितासँग सम्बन्धित संघ–संस्थाको सक्रियता बढे पत्रकार महासंघ पनि थप प्रभावकारी र सक्षम बन्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले धादिङमा क्यामेरा पहिलोपटक कसले भित्र्याउनुभयो भन्ने विषयमा आफूहरूले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । पुराना फोटोग्राफर, स्टुडियो तथा अभिलेखहरूको खोजीमार्फत जिल्लाको फोटो पत्रकारिताको इतिहास संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै सिलवालले पुराना क्यामेरा, रेकर्डरलगायत सामग्री सङ्कलन गरी पत्रकार महासंघमा सिसाको र्याकसहित प्रदर्शनी कक्ष निर्माण गर्न प्रस्ताव गर्नुभएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह धादिङका ध्यक्ष मनिश दुवाडीको अध्यक्षता र एनएफपीजेका केन्द्रीय उपाध्यक्ष नारायण सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, पूर्व अध्यक्षहरू नवराज छत्कुली, राजाराम शर्मा लगायत जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |