बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी, ११ बैशाख । बागमती प्रदेश सरकारले प्रदेश सूचना पुनरावेदन समितिको अध्यक्षमा धादिङका अधिवक्ता कृष्णराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्कोे बैठकले अधिकारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त अध्यक्ष अधिकारी लामो समयदेखि कानुनी, सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँले नेपाल मानव अधिकार संगठन धादिङका सभापतिको समेत जिम्मेवारी सम्हालीसक्नुभएको छ । अधिकारीले विभिन्न संघ–संस्थामार्फत सामाजिक सेवामा योगदान पु¥याउँदै आउनुभएको छ ।
अधिकारीले शिक्षण पेशामा लामो अनुभव हासिल गर्नु भएको छ भने पछिल्लो समय सञ्चार क्षेत्रमा पनि संलग्न हुनुभएको थियो । बागमती प्रदेश सरकारले उहाँको नियुक्तिसँगै सूचना अधिकारको प्रभावकारी कार्यान्वयन, पारदर्शिता प्रवद्र्धन तथा सुशासन सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरेको छ ।
प्रदेश सरकारका अनुसार सूचना पुनरावेदन समितिको प्रभावकारी नेतृत्वमार्फत नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न र सरकारी निकायहरूको जवाफदेहिता बढाउन समिति सक्रिय रूपमा परिचालन हुने विश्वास लिइएको छ ।
नियुक्तिपछि अध्यक्ष अधिकारीले सूचना अधिकारको प्रभावकारी कार्यान्वयन तथा नागरिकलाई सहज रूपमा सूचना उपलब्ध गराउने विषयमा आफू प्रतिबद्ध रहने बताउनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |