Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

नीलकण्ठ एफ.एम ७३५९ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ११, सोमबार (३ महिना अघि)
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

धादिङ, ११ फागुन ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान भएको बस दुर्घटनामा १९ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्।

पोखराबाट काठमाडौं जादै गरेको ग.२ ख.१४२१ नम्बरको यात्रुबाहक बस आज बिहान करिब १ः३० बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदीको किनारमा खस्दा दुर्घटना भएको हो। बसमा चालकसहित ४४ जना सवार रहेकोमा २९ पुरुष र १५ महिला रहेका थिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी र बेनिघाटबाट खटिएका प्रहरी टोली, नेपाली सेनाको भैरव गण गजुरी तथा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा रातभर उद्धार कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

उद्धारपछि घाइतेहरूलाई तत्काल मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, धादिङबेसीस्थित जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थामा पु¥याइएको थियो। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

मृतकहरुको विवरणः-

१. Stewart Dominic Ethan नाम भएका वर्ष २४ का पुरुष (British नागरिक)

२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं.३० बस्ने वर्ष अं.४० को बिबेक बस्तोला

३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जिल्ला काठमाण्डौं नागार्जुन नगरपालिका वडा नं.६ बस्ने वर्ष ६३ का चन्द्र बहादुर कुँवर

४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं.४ बस्ने अ. वर्ष ४० का ओम कुमार मल्ल

५. जिल्ला धादिङ, साबिक सल्यानकोट-८ हाल त्रिपुरासुन्दरी गा.पा. ४ बस्ने अ. वर्ष ३० को ईन्जिनियर ठकुरी

६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गा.पा.-७, मालेबगर बस्ने अ. वर्ष ५५ की विष्णु माया ढकाल

७. जिल्ला काठमाण्डौं क.म.न.पा. ६, बौद्ध टुसाल बस्ने अ. वर्ष ४२ को लोप्साङ गोले

८. जिल्ला तनहुँ, भिमान नगरपालिका वडा नं. ६ बस्ने अ. वर्ष ४५/४६ को हरि प्रसाद सिग्देल

९. जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं. २ बस्ने अ. वर्ष ५५को नबिन्द्र श्रेष्ठ

१०. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ वर्षको पुरुष (काठमाण्डौं स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु)

११हाल नामथर, वतन नखुलेको अ. वर्ष ४९/५० को पुरुष व्यक्ति

१२. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा Roheeitलेखिएको Tattoo)

१३. हाल नामथर, वतन नखुलेको अ. वर्ष २९/३० को पुरुष व्यक्ति(दाहिने हातको नाडीमा चमेरो र गितारको Tattoo)

१४. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला

१५. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला

१६. हाल नामथर, वतन नखुलेको अ. वर्ष ५०/५१ को पुरुष व्यक्ति

१७. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३४/३५ की महिला

१८. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३० की महिला

१९. हाल नामथर, वतन नखुलेको अ. वर्ष ४५ की महिला

 

घाईतेहरुको विवरणः-

१. राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमाउपचार भई रहेका घाईतेहरु

१.जिल्ला काठमाण्डौं, का.म.न.पा. ६ बस्ने वर्ष अं.४८ कि एन्जी शेर्पा,टाउकोममा चोट,(अबस्था मध्यम)

२. जिल्ला झापा, अर्जुनधारा ६ बस्ने वर्ष अं. ३० को बिबेक मान्नधर टाउकोमा चोट (अवस्था मध्यम)

३. जिल्ला काठमाण्डौं, गोकर्ण बस्ने वर्ष अं. २८ कि पुजा फुयाल टाउकोमा चोट (अवस्था मध्यम)

४. जिल्ला तनहु शुक्लागण्डकी गा.पा. ४ बस्ने वर्ष अं. ४५ को सोम प्रसाद मल्ल टाउकोमा चोट (अवस्था मध्यम)

५. जिल्ला स्याङ्जा २ बस्ने वर्ष अं. २६ को सतिन्द्र सुनार टाउकोमा र खुटामा चोट (अवस्था मध्यम)

६. देश China बस्ने वर्ष अं.१२ कि लिसी हाबु टाउकोमा चोट (अवस्था मध्यम)

७. जिल्ला स्याङ्जा, आदिखोला गा.पा.२ बस्ने वर्ष अं.२१ को प्रदिप लामिछाने टाउकोमा  र छातिमा चोट (अवस्था मध्यम)

८. जिल्ला काठमाण्डौं,  बौद बस्ने बर्ष अं. ५० को नर्बु पाल्डेन टाउकोमा र ढाडमा चोट (अवस्था गम्भिर)

९. जिल्ला तनहु, म्याग्दी गा.पा. ६ बस्ने बर्ष अं.४४ को मान बहादुर थापा,अनुहारमा चोट (अवस्था मध्यम)

१०. जिल्ला कास्की, पोखरा महानगरपालिका १९ बस्ने बर्ष अं.१९ कि सलिना परियार (अवस्था मध्यम)

११. जिल्ला तनहु ब्यास गा.पा. ५ बस्ने बर्ष अं. ३८ कि सुकमाया श्रेष्ठ टाउको र ढाडमा चोट (अवस्था मध्यम)

१२. जिल्ला तनहु शुक्लागण्डकी गा.पा. १२ बस्ने बर्ष अं.१९ कि सदिक्षा हमाल टाउकोमा चोट (अवस्था मध्यम)

१३. जिल्ला संखुवासभा धर्मदेबी ५ बस्ने वर्ष अं. २७ कि सोर्निमा खत्री ऋडमा चोट (अवस्था मध्यम)

१४. जिल्ला ललितपुर, इमाडोल बस्ने वर्ष ३५ को कृतराज मानन्धर टाउकोमा चोट (अवस्था मध्यम)

 

२. नेशनल मेडिकल कलेज कलंकी काठमाण्डौंमा उपचार भई रहेका घाईतेहरु

१. जिल्ला धादिङ, त्रिपुरासुन्दरी गा.पा.२ बस्ने वर्ष अं.१९ को संगम मल्ल,टाउकोमा भित्री चोट,(अवस्था मध्यम)

२.  जिल्ला कास्की पो.म.न.पा. ३० बस्ने वर्ष अं.३० कि प्रमिला भटराई बास्तोला,टाउको र अनुहारमा चोट,(अवस्था मध्यम)

३. जिल्ला तनहुँ, शुक्लागण्डकी गा.पा.४ वस्ने बर्ष अं.१८ को सुबिन मल्ल (अबस्था मध्यम)

४. जिल्ला स्याङ्जा फेदिखोला गा.पा.४ बस्ने वर्ष अं.६४ को डम्बर बहादुर बि.क.,टाउकोमा चोट (अवस्था मघ्यम)

५. जिल्ला कास्की पो.म.न.पा.२७ बस्ने वर्ष अं.३५ प्रतिक पौडेल खुट्टा,बाँया हातमा चोट (अवस्था मघ्यम)

६. जिल्ला पुर्बी नवलपरासी कावासोती न.पा.२ बस्ने वर्ष अं.२५ को कृष्ण तिवारी,टाउको र ढाडमा चोट (अबस्था गम्भिर)

७. जिल्ला कास्की पो.म.न.पा.३२ बस्ने वर्ष अं.२४ को संगम गुरुङ,नाक र आखाँमा चोट (अवस्थामध्यम)

८. जिल्ला धादिङ धुनेबेशी न.पा.४ बस्ने वर्ष अं.२४ को राजेन्द्र बिसुन्खे,बाहिरी चोट नभएको (अवस्थामध्यम)

९. जिल्ला काठमाण्डौं का.म.न.पा.१० बस्ने वर्ष अ.३० को चन्द्र फुयाल,टाउको र दुया खुटामा चोट,अबस्था मध्यम ।

१०. काठमाण्डौं सितापाईला बस्ने वर्ष अं. ३३ को राजेश कवर टाउको र ढाडमा चोट, (अवस्था गम्भिर)

३. टिचिङ अस्पताल मलेखु:–

१. देश New Zealandबस्ने वर्ष अं.२७ कि MARI EVAIDE,बाहिरी चोट नभएको (सामान्य घाईते)

घटनाको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान कार्य जारी रहेको रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0