धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,०७ पुस ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति धादिङले संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै आगामी संसदीय निर्वाचनलाई सशक्त रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ। पार्टीले आज धादिङ उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त घोषणा सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा संसदीय लोकतान्त्रिक गणतन्त्रले जनताको वास्तविक समस्या समाधान गर्न नसकेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “संघीय लोकतान्त्रिक गणतन्त्रले देशलाई समृद्धि र जनतालाई रोजगारी दिन असफल भएको छ। भ्रष्टाचार मौलाएको छ, युवाहरू बेरोजगारीका कारण विदेशिन बाध्य भएका छन्।”
पार्टीले २०६२/६३ को जनआन्दोलन र जनयुद्धबाट स्थापित उपलब्धिहरूलाई हालको संसदीय व्यवस्थाले उल्ट्याएको आरोप लगाएको छ। संविधान, कानुन र राज्य संयन्त्र जनताको हितभन्दा सत्तारुढ दल र दलाल पुँजीवादको सेवामा केन्द्रित रहेको दाबी पनि विज्ञप्तिमा गरिएको छ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान सरकारलाई “कठपुतली सरकार” को संज्ञा दिँदै जनयुद्धका मर्म र भावना विपरीत सत्ता सञ्चालन भइरहेको बताएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, दलहरूबीचको सत्ता गठबन्धनले राष्ट्रिय स्वाधीनता, जनजीविका र लोकतान्त्रिक मूल्यलाई कमजोर बनाएको पार्टीको ठहर छ।
आगामी संसदीय निर्वाचनमार्फत जनताको वास्तविक प्रतिनिधित्व नहुने भन्दै पार्टीले त्यसलाई अस्वीकार गरेको छ। निर्वाचन प्रक्रियाबाट निर्वाचित प्रतिनिधिहरू समाजवाद र राष्ट्रिय हितको पक्षमा नभई विस्तारवाद र साम्राज्यवादको प्रतिनिधि मात्र हुने पार्टीको दाबी छ।
विज्ञप्तिमा समाजवाद र वैज्ञानिक समाजवादको स्थापना नै देशको वैकल्पिक मार्ग भएको उल्लेख गर्दै त्यसका लागि संयुक्त सरकार गठन, जनसंघर्ष र नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्न आम जनसमुदायलाई आह्वान गरिएको छ।
पत्रकार सम्मेलनको अन्त्यमा पार्टीले न्यायप्रेमी जनता, मजदुर, किसान, युवा तथा बुद्धिजीवीहरूलाई संसदीय निर्वाचन बहिष्कार गर्दै जनसंघर्षमा सहभागी हुन आग्रह गरेको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |