नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ, ०४ पुस ।
यो वर्ष पनि धादिङका गुरुङ समुदायले हर्षोेउल्लास पूर्वक तमू ल्होसार मनाउने भएका छन् ।
तमू ल्होसारको अवसरमा तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङ, नेपाल तमू (गुरूङ) विधार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङ र धादिङबेसी तमू समाज धादिङको संयुक्त आयोजनामा गुरुङ संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमका साथमा शुभकामना आदन प्रदान कार्यक्रम गरेर मनाईने भएको हो ।
यहि पौष १५ गते धादिङबेसी स्थित कबर्डहलको प्रांगणमा मनाईने उक्त कार्यक्रममा गुरूङहरूको प्रशिद्ध परम्परागत नृत्य घाटु नाच, तमूस्यो ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यक्रम समिति धादिङको गुरुङ संस्कृति झल्कीने विशेष सांस्कृतिक प्रस्तुती कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहने तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति, धादिङकी अध्यक्ष जमुना तमूस्योले बताउनुभयो । यतिबेला ल्होसारको भव्यव तयारी भईरहेको आयोजकले जनाएको छ ।
यस्तै कार्यक्रममा राष्ट्रिय स्तरका गुरुङ कलाकार तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने सांंस्कृतिक संयोजक नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका सचिव प्रशान्त गुरुङले बताउनुभयो ।
यो वर्ष तमू गुरुङहरुले मुप्रि ल्हो सर्प वर्गलाई विदाई र त ल्हो घोडा वर्गलाई स्वागत गर्दै विशेष उत्साहका साथ ल्होसार पर्व मनाईदै छ । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।
विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष ’हिल्हो’ (९बिरालो वर्ग) को वर्ष थियो भने यस वर्ष मि–ल्हो (गिद्ध) को रहनेछ । यस अर्थमा तमु समुदायले सम्पूर्ण समय अर्थात् ल्होलाई १२ वटा भाग गरी जनावर या चराको आधारमा बाँडेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |