नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,१९ कार्तिक
नेकपा एमाले धादिङको सचिवालय बैठकले समाजवादी छोडेर एमाले फर्कने नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्ने निर्णय गरेको छ । नेकपा समाजवादी पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले समाजवादी पार्टीका नेताहरूलाई एमालेमै फर्कन आव्हान गर्नुभएको हो ।
पार्टी निर्माणमा योगदान गरेका नेताहरूलाई सम्मानका साथ जिम्मेवारी दिने प्रतिवद्धता एमालेले गरेको छ । नेकपा एमाले धादिङका केन्द्रीय सदस्य खेम लोहनीको प्रमुख आतिथ्यमा भएको एमाले सचिवालय बैठकले समाजवादी पार्टीका नेताहरूलाई एमालेमै फर्कन र जिम्मेवारी पूर्वक काम गर्न एमालेले आग्रह गरेको छ ।यसै बिच नेकपा एमाले धादिङको सचिवालय बैठकले पनि महाधिवेशनको तयारीका लागि छलफल गरेको छ । बैठकले महाधिवेशनको कार्यतालिका, प्रतिनिधि चयनको आधार लगायतका विषयमा निर्णय लिने जनाइएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |