शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
धादिङ, ५ असोज ।
बेनीघाट रोराङ गाउँपालिकाल संविधान दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसरमा शैक्षिक सम्मान समारोह सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिकाले ३४० जना शिक्षक, ४७ जना विद्यार्थी र ५४ विद्यालयलाई सम्मान गरेको हो ।
कार्यक्रममा कक्षा ५, ८, १० र १२ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी, विषयगत शिक्षक तथा विद्यालयलाई ‘बेनीघाट रोराङ शिक्षा पुरस्कार’ प्रदान गरिएको थियो । साथै, यसै वर्ष स्थापना गरिएको ‘सहिद इन्द्रबहादुर थपलिया रोराङ शिक्षा पुरस्कार’ बाट ९ जना उत्कृष्ट शिक्षकलाई विशेष सम्मान गरिएको हो ।
गाउँपालिकाले उत्कृष्ट कर्मचारीका रुपमा शिक्षा अधिकृत बोधराज पाठक, जिन्सी शाखा प्रमुख सुमन अधिकारी तथा प्रशासन शाखा प्रमुख परशुराम घिमिरेलाई समेत सम्मनान गरेको थियो ।
विद्यालयहरूको संस्थागत स्वः तथा बाह्य मूल्याङ्कनका आधारमा तहगत रूपमा उत्कृष्ट ठहरिएका ९ विद्यालय पनि सम्मानित भएका छन् । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम तथा रोचक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |