धादिङबेशी, १४ असार । नेकपा एमाले नीलकण्ठ नगरपालिका–३ को वडा कमिटीको अध्यक्षमा विष्णुलाल श्रेष्ठ चयन भएका छन्। शनिबार एमाले जिल्ला पार्टी कार्यालय धादिङमा सम्पन्न भेलाले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।
१९ सदस्यीय नवगठित वडा कमिटीमा उपाध्यक्षमा विष्णुराज श्रेष्ठ, सचिवमा प्रेमबहादुर पाण्डे, र उपसचिवमा सरोज रिजाल तथा गगनमाया प्रधान चयन भएका छन्।
वडा भेलाको अध्यक्षता नन्दप्रसाद श्रेष्ठले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि एमाले बागमती प्रदेश कमिटी सदस्य खिलकुमारी तिवारी थिइन्। कार्यक्रम नेकपा एमाले नीलकण्ठ नगर कमिटीको समन्वयमा सम्पन्न भएको थियो।
नगर कमिटी अध्यक्ष काजी श्रेष्ठका अनुसार नवगठित कमिटीले संगठन सुदृढीकरण तथा आगामी निर्वाचनको तयारीमा विशेष योगदान पुर्याउने अपेक्षा गरिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |