धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमाथि भइरहेको हमलाको डटेर प्रतिकार गर्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ। नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीको राष्ट्रवादी अडानलाई कमजोर पार्ने नियोजित प्रयास भइरहेको भन्दै एकजुट प्रतिकारको आवश्यकता औंल्याउनुभयो।
पोखरेलले भन्नुभयो, “हाम्रो पार्टी जन्मसिद्ध अधिकार र वंशानुगत सत्ताको विपक्षमा छ। हामी लोकतन्त्रको पक्षमा दृढताका साथ उभिएका छौं, त्यसैले हामिमाथि हमला भइरहेको छ।” उहाँले संविधानको सर्वोच्चता, कानूनी शासन, विकास, समृद्धि र सामाजिक सद्भावप्रतिको पार्टीको अडानले विरोधीहरूलाई असहज बनाएको उल्लेख गर्नुभयो।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष भूमीप्रसाद त्रिपाठीले संगठन, सदस्यता र जिल्लामा अन्य दलहरूको उपस्थिति विश्लेषणसहितको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्नुभयो।
प्रतिनिधि परिषद्को बैठकमा एमाले केन्द्रीय सदस्य खेमप्रसाद लोहनी, जानुका सिंखडा, सल्लाहकार परिषद सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश सचिव नवराज सिलवाल लगायतले आगामी निर्वाचन रणनीति, जनसम्पर्क अभियान तथा विचारधारात्मक स्पष्टताबारे धारणा व्यक्त गरेका थिए।
एमाले धादिङकी सचिव राधिका सापकोटाले प्रतिनिधि परिषद्ले दिएको मार्गदर्शनअनुसार सांगठनिक सुदृढीकरण र वैचारिक स्पष्टतामा थप ध्यान दिइने जानकारी दिनुभयो। कार्यक्रममा पार्टीका पुराना नेताहरुलाई सम्मान समेत गरिएको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |