Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न

नीलकण्ठ एफ.एम ४४५९ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ २४, शनिबार (१ साल अघि)
मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न

धादिङ,२४ जेठ ।
मिन्दुका माध्यमिक विद्यालयमा शुक्रबार विशेष र अनौठो तरिकाले निर्वाचन कार्यक्रम सम्पन्न गरिएको छ। संघ, प्रदेश र स्थानीय तहको निर्वाचन प्रक्रिया सिकाउनका लागि विद्यालयले नमुना निर्वाचन कार्यक्रमको आयोजना गरेको हो।

विद्यालयको नायकको निर्वाचनलाई संघीय निर्वाचन, चार हाउसको नेतृत्व चयनलाई प्रदेश निर्वाचन र कक्षा नायकको निर्वाचनलाई स्थानीय तहको अभ्यासका रूपमा प्रस्तुत गरिएको थियो। यसरी विद्यार्थीलाई मतदाता शिक्षा दिने उद्देश्यले निर्वाचन आयोगकै शैलीमा मतदान गरिएको विद्यालयका प्रधानाध्यापक रमेशकुमार नेपालले जानकारी दिनुभयो।

संघीय तहको अभ्यासस्वरूप विद्यालय नायक पदका लागि भएको मतदानमा १८४ मत खसेको थियो। तीमध्ये ९३ मत प्राप्त गरी जतन घले विजयी हुनुभयो भने ११ मत बदर भएको थियो। त्यस्तै, विद्यालय सहनायकमा सपना थापामगर निर्वाचित हुनुभयो।

प्रदेश तहको अभ्यासमा चार हाउस मध्ये रातो हाउस नायकमा पुनम गुरुङ, सहनायकमा निरज श्रेष्ठ, हरियो हाउस नायकमा एलिना थपलिया, सहनायकमा निश्चल तामाङ, निलो हाउस नायकमा इला तामाङ, सहनायकमा दिपेश श्रेष्ठ र पहेँलो हाउस नायकमा रमा श्रेष्ठ, सहनायकमा कमल प्रसाद पौडेल बिजयी हुनुभएको छ ।

निर्वाचनका सबै प्रक्रिया—मतदाता नामावली प्रकाशनदेखि उम्मेदवार मनोनयन, प्रचारप्रसार, मतदान, मतगणना, मत परिणाम घोषणा—सम्म पूरा गरियो। मतदानका क्रममा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइन, म्यादी प्रहरीको व्यवस्था, आचारसंहिता, विवाद समाधानका उपायलगायत सम्पूर्ण विधि व्यवहारिक रूपमा सिकाइयो।

मत परिणाम घोषणापछि निर्वाचित विद्यालय नायक जतन घलेलाई घोषणापत्रअनुसार आफ्नो प्रतिबद्धता प्रस्तुत गर्ने अवसरसमेत दिइएको थियो।

कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक नेपालले गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी प्रमुख अतिथि रहनुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद सिलवालले सैद्धान्तिक कुरा पुस्तकमै सीमित नराखी व्यवहारमै लागू गर्नुपर्नेमा जोड दिँदै, यस्ता कार्यक्रमले सिकाइलाई अझ दिगो बनाउने बताउनुभयो।

No description available.No description available.

No description available.

No description available.

No description available.No description available.

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

  • नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • समाचार
    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0