तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ, जेठ २४ गते ।
धादिङबेशी स्थित चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयमा अन्तर सदन अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । कक्षा १ र २ का विद्यार्थीहरुको सहभागिता रहेको अन्तर सदनात्मक प्रतियोगितामा पहेंलोे सदन प्रथम भएको छ ।
प्रथम हुने विद्यार्थीहरुमा कक्षा २ का रुक्सन कुँवर र मायरा श्रेष्ठ, कक्षा १ का योङसल थापा मगर र दिया तामाङ रहेका छन् । त्यस्तै द्वितीय हुनेमा निलोे सदन बाट कक्षा २ कुश तामाङ, आदर्श तामाङ र कक्षा १ बाट सेड्रिना श्रेष्ठ, आयुश्मा मरहट्टा रहेका छन् ।
प्रतियोगितामा तृतीया हुनेमा हरियो सदन बाद्द कक्षा ५२ मा अध्यनरत अभया अधिकारी, प्रश्ना थापा मगर र कक्षा १ बाट जोन तामाङ र लियाशा अधिकारी रहेका छन् । साथै कक्षा २ का रुक्सन कुँवर उत्कृष्ट स्पेलर हुनुभएको छ ।
कार्यक्रममा विद्यार्थीहरुबाटै सभाध्यक्ष सियासा थापा, प्रमुख अतिथिमा पल्मु गुरुङ र विशिष्ट अतिथिमा समिक्षा गुरूङ रहनुभएको थियो भने कार्यक्रमको संयोजक अंग्रेजी शिक्षक अमर सिं तामाङले गर्नुभएको थियो ।
साथै आजै यस विद्यालयमा नवदिशा बाल समूहको गठन गरिएको छ । विद्यालयको बाल समूहको अध्यक्षमा सब्दिका घलान, उपाध्यक्षमा अनिशा श्रेष्ठ, सचिवमा प्रइसा अधिकारी, उपसचिवमा विवस रौकका, कोषाध्यक्षमा गौरव श्रेष्ठ र सदस्यहरुमा विविशा दुरा, आरुषी पौडेल, विवेक रिजाल, अर्मन लगुन र प्रनय खतिवडा चयन हुनु भएको सो बाल क्लवको शिक्षक संयोक अनुवर मियाँले जानकारी दिनु भएको छ ।
यसै गरी आज नै प्रि प्राइमरी तहमा अंग्रेजी हस्तलेखन प्रतियोगिता स्म्पन्न भएको र प्याब्सन धादिङले आयोजना गरेको अंग्रेजी हिज्जे प्रतियोगिता (Spelling Contest) मा आरोन्स गुरुङ प्रथम र अब्रोरा श्रेष्ठ तृतीय, साथै समग्रमा विद्यालयले जिल्ला तृतीय स्थान हासिल गर्न सफल भएको प्रधानाध्यापक षष्टि कुमार श्रेष्ठले जाकारीदिनुभयो ।







निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |