नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ, जेठ १९ गते ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा शिक्षक साटासाट (Teacher exchange) कार्यक्रमको समिक्षा कार्यक्रम गरिएको छ । विद्यार्थी केन्द्रित शिक्षण सिकाइको लागि संचालन गरिएको शिक्षक साटासाट कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को अध्यक्षतामा समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
शैक्षिक गुणस्तर अभिवृद्धि र नवीन अभ्यास प्रवद्र्धन गर्ने उद्देश्यले २०८१ साल पुस १६ गतेदेखि सात दिनका लागि पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।
शिक्षकहरू बीचको अनुभव, सीप र शिक्षण शैलीको आदान–प्रदानमार्फत विद्यार्थी सिकाइमा सकारात्मक सुधार आएको प्रारम्भिक मूल्यांकन देखिएका गाउँपालिका अध्यक्ष थपलियाले जानकारी दिनुभयो। “शिक्षकहरूको सक्रियता र सकारात्मक ऊर्जा उत्साहजनक छ । यसलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ,” अध्यक्ष थपलियाले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले शिक्षकहरूले विभिन्न विद्यालयका पद्धति र सामग्री प्रयोगको अनुभव लिएर आफ्नो कक्षामा नवीन अभ्यास लागू गर्न सक्ने बताउनुभयो । “यसले विद्यार्थीमा चासो र सिक्ने अवसर सिर्जना गर्छ,” उहाँले भन्नुभयो ।
शिक्षक साटासाट कार्यक्रमले शिक्षणको गुणस्तर, शिक्षकहरूको क्षमता वृद्धि र विद्यार्थीको सिकाइ उपलब्धिमा प्रत्यक्ष योगदान पुर्याउने ठोस सम्भावना बोकेको शिक्षा शाखा प्रमुख बोधराज पाठकले उल्लेख गर्नुभयो। “यो पेशागत सिकाइको एक प्रभावकारी माध्यम हो, जसले शिक्षकबीच समन्वय र अनुभव आदान–प्रदानको अवसर दिन्छ,” पाठकले भन्नुभयो।
शैक्षिक वर्ष २०८० मा ३३ जना र २०८१ मा ४७ जना शिक्षकहरूलाई गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा आवश्यकताका आधारमा साटासाट गरिएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |