Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र २, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानितनीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
  • नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदैनेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै
  • धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’
  • धादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्धधादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
  • गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शनगजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन
  • रोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयनरोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन

नेत्रावती डबजोङको विन्दुकेशर महादेव मन्दिरमा रामनवमीका दिन विशेष मेला लाग्दै

५९६ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र २१, बिहिबार (४ महिना अघि)
नेत्रावती डबजोङको विन्दुकेशर महादेव मन्दिरमा रामनवमीका दिन विशेष मेला लाग्दै

धादिङ, १४ चैत्र ।

अस्मिता पोखरेल

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा रहेको विन्दुकेशर महादेव मन्दिरमा रामनवमीका दिन विशेष मेला लाग्दैछ । नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ र ४ मा पर्ने विन्दुकेशर महादेव मन्दिरमा पूजा–आराधना गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको । हरेक वर्ष हजारौं भक्तजन पूजाआजा गर्न आउँछन् ।

पूर्वमा नुवाकोट र पश्चिममा धादिङको सिमानामा रहेको यो मन्दिर प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। विन्दुकेशर महादेव र श्री पार्वती स्थान मन्दिर धार्मिक सहिष्णुता, सांस्कृतिक मौलिकता, र जातीय भाइचाराको प्रतीक मानिन्छ । विशेष गरी कार्तिक महिनाको हरिबोधनी एकादशी र त्यसपछिको पञ्चमीमा भव्य मेला लाग्छ ।

वि.सं. २०२२ देखि चैत्र महिनाको रामनवमीमा पनि विशेष मेला लाग्न थालेको हो । यस मेलाले पछिल्लो समय स्थानीय पर्यटनलाई समेत प्रवद्र्धन गरिरहेको छ। धादिङ, नुवाकोट, चितवन, गोर्खा, रसुवा, सिन्धुपाल्चोक , काठमाडौका साथै भारतबाट समेत दर्शनार्थीहरू आउने गरेका छन्।

महादेवको मूर्ति पहिले सानो शिला मात्र थियो भन्ने जनविश्वास छ, तर समयसँगै यसको आकार ठूलो बन्दै गएको छ । यस्तै, पार्वती स्थानको चट्टान पनि वर्षेनी बढ्दै गएको स्थानीय वृद्धवृद्धाहरू बताउनुहुन्छ । साथै, कुष्ठरोग (कोर) निको पार्न यहाँ पूजा गर्ने परम्परा रहेको छ।

भनिन्छ, भङ्याङभुरुङ खोलामा स्नान गरी विधिपूर्वक पूजा गरे कुष्ठरोग समेत निको हुन्छ । धार्मिक आस्थासँगै प्राकृतिक उपचारको विश्वासले पनि भक्तजनलाई आकर्षित गरिरहेको छ।

शिवरात्रि, हरिबोधनी एकादशी, पञ्चमी, र रामनवमीमा विशेष चहलपहल हुने यो स्थान धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ।

गाउँपालिकाले मन्दिरको पुनर्निर्माण र अन्य भौतिक संरचना निर्माण गर्दै मन्दिरलाई थप व्यवस्थित बनाउने योजना अगाडि सारेको छ। आगामी वर्षहरूमा पनि संरचना विस्तार र प्रचार–प्रसारलाई प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो ।

विन्दुकेशर महादेव मन्दिर धादिङको सदरमुकाम धादिङबेसी देखि करिव २४ किलोमिटर र नुवाकोटको सदरमुकाम विदुर देखि करिव १९ किलोमिटर दुरीमा अवस्थित छ । मध्यपहाडी राजमार्ग देखि भने करिव ३ किलोमिटर भित्र पर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धुनिवेशीमा पेट्रोल ट्याङकरमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

    धुनिवेशीमा पेट्रोल ट्याङकरमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

  • गैर आवासीय नेपाली संघ बेल्जियमको १० औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा कमल पन्थी निर्वाचित

    गैर आवासीय नेपाली संघ बेल्जियमको १० औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा कमल पन्थी निर्वाचित

  • प्रजातन्त्रमा प्रतिशोधको राजनीति हुँदैन : मन्त्री अधिकारी

    प्रजातन्त्रमा प्रतिशोधको राजनीति हुँदैन : मन्त्री अधिकारी

  • चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु

    चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु

  • समाचार
    धुनिवेशीमा पेट्रोल ट्याङकरमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

    धुनिवेशीमा पेट्रोल ट्याङकरमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

    गैर आवासीय नेपाली संघ बेल्जियमको १० औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा कमल पन्थी निर्वाचित

    गैर आवासीय नेपाली संघ बेल्जियमको १० औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा कमल पन्थी निर्वाचित

    प्रजातन्त्रमा प्रतिशोधको राजनीति हुँदैन : मन्त्री अधिकारी

    प्रजातन्त्रमा प्रतिशोधको राजनीति हुँदैन : मन्त्री अधिकारी

    चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु

    चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0